लागोस– नाइजेरियाको उत्तरपश्चिमी क्षेत्र जाम्फारामा सशस्त्र लुटेराको एक समूहको आक्रमणमा परी कम्तिमा ३२ जनाको मृत्यु भएको नाइजेरियाली अधिकारीले शुक्रबार जनाएका छन्।
अङ्काको स्थानीय प्रशासन प्रमुख मुस्तफा गाडाले घटनाको पुष्टि गर्दै मृतक गाउँलेको अन्तेष्टि गरिएको बताए। मृत्यु हुनेमा केही महिला तथा बालबालिकासमेत रहेका उनले जानकारी दिए।
‘उक्त स्थान वरपर गाउँलेका थप मृत शरीर रहेको हुनसक्ने आशंकामा खोजी जारी राखिएको छ,’ उनले भन्नुभयो।
घटनास्थलमा सुरक्षाकर्मीको ठूलो फौज तैनाथ गरिएपछि लुटेराहरू गाउँबाट भागेका गाडोले बताए।
सन् २०१८ को खेती लगाउने समयसँगै हुनसक्ने लुटेराको आक्रमणलाई प्रतिकार गर्ने योजना बनाउन स्थानीय बवन दाजी गाउँमा भेला भएका गाउँलेहरूमाथि नै लुटेरा समूहले बिहीबार आक्रमण गरेको सुरक्षा स्रोतले बताएको छ।
लुटेराले आक्रमण गर्नु पहिले गाउँमा कुनै खेतीजन्य गतिविधि हुनेछैन भनी चेतावनी दिएका बाँच्न सफल केही स्थानीय नाइजेरियालीले बताए। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।