काठमाडौं– विद्यार्थी संगठनहरुले शैक्षिक हडतालको कार्यक्रम फिर्ता लिएका छन्। शिक्षण सेवा आयोगले अस्थायी शिक्षकहरुको परीक्षा स्थगित गरेपछि संगठनहरुले आन्दोलनका कार्यक्रम स्थगित गरेका हुन्।
अनेरास्ववियु, नेविसंघ र अनेरास्ववियु (क्रान्तिकारी) ले शिक्षा ऐनको नवौं संशोधन खारेज तथा अस्थायी शिक्षकको परीक्षा स्थगनको माग गर्दै शैक्षिक हडतालसम्मका कार्यक्रम राखेका थिए। शुक्रबार साँझ संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरुले शैक्षिक हडताल फिर्ता लिएको जनाएका छन्।
शिक्षकलाई ७५ प्रतिशत आन्तरिक प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने प्रावधानको विद्यार्थीहरुले विरोध गर्दै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।