झापा– भागेर बिहे गर्न नमान्दा झापामा एक युवतीमाथि प्रेमीले नै बलात्कार गरेका छन्। बिर्तामोडको सूर्यनगरस्थित मकैबारीमा बुधबार बलात्कार भएको हो।
बलात्कार गर्ने बिर्तामोड– ९ का बनुवारी राजबंशीलाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीका अनुसार १८ वर्षिय प्रेमिकालाई राजबंशीले भागेर बिहे गर्ने प्रस्ताव गरेका थिए।
उनले अब नजाने बताएपछि हात समाई मकैबारीमा तानेर मुख थुनेर बलात्कार गरेका हुन्।
अभियुक्तलाई जबरजस्तीकरणी मुद्दामा कारबाही अघि बढाइएको इलाका प्रहरी कार्यालय, बिर्तामोडले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।