काठमाडौं– ऊर्जा,जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र विश्व बैंक अन्तर्गत अन्तर्राष्ट्रिय वित्त निगमका नेपाल प्रमुख रेहान रसिदबीच आज भेटवार्ता भएको छ। ऊर्जा मन्त्रालयमा भएको भेटमा निगमका नेपाल प्रमुख रसिदले ऊर्जा क्षेत्रमा निगमको प्राथमिकतामा रहेको भन्दै आगामी दिनमा नेपालको निजी क्षेत्रसँग सहकार्य गर्न इच्छुक रहेको बताए।
मन्त्री पुनले भेटमा अपर त्रिशूली १ मा आइएफसीले गरिरहेको सहयोगबारे आफू जानकार रहेको भन्दै आगामी दिनमा समेत ऊर्जा क्षेत्रमा लगानी गर्न आग्रह गरेका थिए। उनले वर्तमान सरकारको १० वर्षमा १० हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य भएको भन्दै त्यसका लागि लगानीको वातावरण बनाउन सरकार तयार रहेको बताए।
भारत सरकारसँग पिटीए सम्झौता भएको भन्दै उनले त्यसको गाइडलाइन अनुसार काम गर्नेबारे रसिदलाई जानकारी गराए। बुटवल–गोरखपुर प्रसारण लाइन निर्माणको लागि भारत सरकारसँग छलफल भइरहेको र निर्माणपश्चात् ऊर्जा क्षेत्रमा सार्क तहको सहकार्यमा सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।