काठमाडौं– चालु आर्थिक वर्षको प्रथम सात महिनामा रु ६ खर्ब ६१ अर्बको सामान आयात भएको छ।
कृषिप्रधान भनिएको मुलुकमा कृषिजन्य उत्पादनको आयात समेत उच्च रहेको देखिएको छ। सरकारका अर्थमन्त्री डा युवराज खतिवडाद्वारा शुक्रबार जारी श्वेतपत्रमा चालु आर्थिक वर्षको प्रथम सात महिनामा १७ अर्बको चामल आयात भएको उल्लेख छ। त्यस्तै, ७ अर्बको तरकारी, ३ अर्बको फलफूल र १३ अर्बको खानेतेल आयात भएको छ।
'आयात प्रतिस्थापनको रणनीतिलाई लामो समयसम्म त्यागेका कारण खाद्य वस्तु लगायत अन्य औद्योगिक वस्तुहरुको आयात अस्वभाविक रुपमा बढेको हो', बढ्दो आयातबारे श्वेतपत्रमा उल्लेख छ।
समग्र अर्थतन्त्र नै आयातमुखी बनेको अर्थमन्त्रीले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।