• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज १८, २०८३ Sun, Oct 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

तीन छोरालाई विदेशमा गुमाएका वृद्ध बाआमा भन्छन्– दैव पनि हाम्रा लागि कठोर भैदियो

64x64
नेपाल लाइभ शुक्रबार, चैत १६, २०७४  ०५:०४
1140x725

ध्रुवसागर शर्मा/रासस

बेनी- म्याग्दीको मालिका गाउँपालिका–२ रुम बेलीगाउँका धनबहादुर रोका र लीलमती रोकाको परिवारले यतिबेला ठूलो बज्रपात खेप्नुपरेको छ। रोका दम्पतीका ४ छोरा र २ छोरीमध्ये ३ छोराको वैदेशिक रोजगारीकै क्रममा विदेशमा मृत्यु भएपछि रोका दम्पती यतिबेला विक्षिप्त अवस्थामा गुज्रिरहेका छन्। बूढेसकालको सहारा छिनिएको छ। घरमा आँसुको मूल फुटेजस्तै भएको छ। रुमको बेली गाउँ रोएको छ। सम्पूर्ण बेलीवासी शोकमा छन्। 

रोजगारीको सिलसिलामा मलेसियामा रहेका रोका दम्पतीका कान्छो छोरा धर्मलाल रोकाको चैत १० गते राति निधन भएको हो। साढे ४ वर्षदेखि एक अपार्टमेन्ट कम्पनीमा सुरक्षा गार्डको रुपमा कार्यरत २८ वर्षीय धर्मलालको मृत्यु भएपछि उनको शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै बिहीबार जिपको छत (हुट) मा राखेर गाउँमा ल्याई अन्त्येष्टि गरिएको छ। 

१० वर्षअघि रोका परिवारका माइला छोरा भक्तबहादुरको समेत रोजगारीको सिलसिलामै कतारमा मृत्यु भएको थियो। माहिला छोराको मृत्यु भएको १८ महिनापछि फेरि जेठा छोरा तमबहादुरको मलेसियामा ज्यान गएको थियो। वैदेशिक रोजगारीकै क्रममा ३ छोरा गुमेपछि रोका दम्पती विक्षिप्त छन् भने सिंगो गाउँ नै स्तब्ध बनेको छ। 

आफूहरुको सहारा बनेर बिरामी पर्दा उपचार र घर खर्च जुटाउँदै आएका कान्छो छोरा धर्मलालको समेत विदेशमै मृत्यु भएको खबरले ६५ वर्षीया आमा लिलमती र ६९ वर्षीय बुबा धनबहादुर आफूलाई सम्हाल्न नसक्ने भएका छन्। उनीहरु आफ्नो गरिबीलाई धिक्कार्दै भन्छन्, 'हे दैव! हामीले के अपराध गरेका थियौँ र यस्तो पीडा दिइस् हामीलाई?' 

शव भित्रिँदा आँसुको भेल
बिहीबार बिहान उदाएको सूर्यले रुमको बेली गाउँका रोका परिवारमा उज्यालो होइन अँध्यारो ल्याइदियो। अनुहारमा खुसी होइन नयनमा आँसुको वर्षा गराइदियो। 

बिहीबार बिहान १०ः४५ बजे जिप आएर घर नजिकैको सडकमा रोकियो। जिपभित्र रोकाका साइँला छोरा थमबहादुर थिए भने जिपको छतमा कान्छा छोरा धर्मलालको शव।

धर्मलालको शव भएको बाकस आँगनमा राख्न नपाउँदै बुढ्यौलीले मुजा परिसकेको धनबहादुर र लीलमतीको अनुहारमा आँसुको भेल बग्न थाल्यो। प्यारालाइसिसबाट ग्रस्त धनबहादुरले प्लाष्टिकमा बेरिएको बाकसमा मुड्की बजार्दै डाँको छोडेर रुँदै भने, 'छोरा हामीलाई छोडेर त्यो निष्ठुरी कालले तिमीलाई किन लग्यो? अब हामी कसको सहारामा बाँचौँ?' 

Ncell 2
Ncell 2
nimb
nimb

चैत ११ गते सबैको घरमा झै रोकाको घरमा पनि चैतेदशैँको रमझम थियो। परिवारका साहिला छोरा थमबहादुर केही दिनअघि मलेसियाबाट घर फिरेका थिए। माहोल रमाइलो थियो। यतिकैमा उनको मोबाइल बज्यो। मलेसियाबाट ज्वाइँले फोन गरेका रहेछन्। 

'एकदम नराम्रो खबर छ जेठान, पुष्टि भइसकेको छैन,' ज्वाइँको वाक्यले थमबहादुरको मन चसक्क भयो। त्यसपछि लगातार को मोबाइल बज्न थाल्यो।

'केहीबेरमै ज्वाइँले आत्तिएको स्वरमा भाइ धर्मलालको सुतेको अवस्थामै मृत्यु भएको खबर दिनुभयो,' थमबहादुरले आँसु पुछ्दै भने, 'शवलाई काठमाडौँ पठाउने तयारी भएको भन्ने थाहापछि म काठमाडौँ हिँडेँ। भाइको शवको बाकस बोकेर घरमा आउँदा आफूलाई साह्रै अभागी ठानेको छु।' 

अविवाहित धर्मलाल वृद्ध बुबाआमासँगै बस्थे। आउने दशैँमा बिहे गर्ने उनको योजना थियो। गत शनिबार भाइसँग फोनमा दुई घण्टा कुराकानी भएको कान्छी दिदी शशिकला घर्ती मगरले बताइन्। 'पाँच दिनअघि 'दिदी म दशैँमा घर आउँछु अनि विवाह गर्ने हो' भनेको भाइको शव बाकसभित्र बन्द अवस्थामा आयो,' शशिकलाले आँसु पुछ्दै भनिन्, 'दैव पनि हाम्रो लागि कति कठोर भैदियो।'

Xtrem

Xtrem

३ छोरालाई विदेशमा गुमाएका धनबहादुर आफ्नो पीडा लुकाएर श्रीमतीलाई सम्हाल्न सक्ने अवस्थामा छैनन्। धनबहादुरलाई मासिक रु दुई हजारको औषधि खानुपर्छ भने लीलमतीलाई पनि औषधि नखाई हुँदैन। 

दुई छोराको विदेशमा नै मृत्यु भएपछि धनबहादुरको परिवार कान्छा छोरा धर्मलालको कमाइले धानिएको थियो। दुई बुहारी र साहिला छोरा थमबहादुर छुट्टा भिन्न भई अलगअलग बस्दै आएका छन्। घरको अवस्था अत्यन्तै दयनीय छ।

प्यारालाइसिसको समस्याबाट पीडित घरमूली धनबहादुर नियमित औषधि खाँदै आएका छन्। ९ वर्षदेखि हातखुट्टा झम्झमाउने समस्या देखिएपछि औषधि उपचार गरी सामान्य हिँडडुल मात्रै गर्न सक्ने उनका आफन्त किस्मत रोकाले बताए।

रोका परिवारको आर्थिक सहयोगका लागि स्थानीयले मनकारी व्यक्तिसँग सहयोगको आग्रह गरेका छन्। बिहीबार किरियाखर्चका लागि विभिन्न व्यक्तिले रु ३० हजार सहयोग गरेका छन्।रासस

प्रकाशित मिति: शुक्रबार, चैत १६, २०७४  ०५:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भाडाको कार्यालय छाडेर आफ्नै भवन खोज्दै रास्वपा
देशका अधिकांश भू–भागमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर
सम्बन्धित सामग्री
अमेरिकी सैन्य फिर्तीको इराक आयाम विश्वव्यापी तेल व्यापार अनिवार्य रूपमा अमेरिकी डलरमै हुनुपर्ने कडा बाध्यतालाई निरन्तरता दिएर आफ्नो ग्लोबल आर्थिक नियन्त्रणलाई बलियो... शुक्रबार, असोज १६, २०८३
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपालको राजनीतिमा नयाँ पुस्ताको नेतृत्वप्रति जनअपेक्षा बढिरहेका बेला बालेन्द्र शाह(बालेन) नेतृत्वको सरकारलाई केवल समर्थन वा विरोधको... सोमबार, असोज १२, २०८३
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं यही सन्दर्भमा काठमाडौंको सीतापाइला–रामकोट–भीमढुंगा सडकको भविष्यबारे गम्भीर बहस आवश्यक छ। सडक स्तरोन्नति र विस्तार आवश्यक छ। तर सडक व... बुधबार, असोज ७, २०८३
ताजा समाचारसबै
भाडाको कार्यालय छाडेर आफ्नै भवन खोज्दै रास्वपा आइतबार, असोज १८, २०८३
देशका अधिकांश भू–भागमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना आइतबार, असोज १८, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर आइतबार, असोज १८, २०८३
रास्वपाले देशभर ‘हामी आउँदै छौँ’ अभियान चलाउने शनिबार, असोज १७, २०८३
रास्वपाद्वारा विभाग प्रमुख र उपप्रमुख मनोनयन, को-कोले पाए कुन-कुन विभाग? शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
रास्वपाद्वारा विभाग प्रमुख र उपप्रमुख मनोनयन, को-कोले पाए कुन-कुन विभाग? शनिबार, असोज १७, २०८३
नेपालसहित ५० देशका नागरिकलाई अमेरिकाद्वारा २० हजार डलरसम्मको भिसा बन्ड अनिवार्य शनिबार, असोज १७, २०८३
जापानमा जमेका दीपक यात्रा बाग्लुङको बिहुँकोट देखि विश्वमञ्चसम्मको नेतृत्वसम्म शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्