काठमाडौं– फिल्म ‘शत्रुगते’को ६ दिनको कमाइ सार्वजनिक भएको छ।
बिहीबार पत्रकार भेघाट गर्दै फिल्म निर्माण युनिटले देशभरमा कुल ५ करोड ६२ लाखको कमाइ गरेको जनाएको छ। जसमा काठमाडौं उपत्यकामा ३ करोड २५ लाख र राजधानी बाहिर २ करोड ३५ लाख व्यापार गरेको हो।
फिल्म युनिटले राम्रो सफलता पाइरहेको भन्दै केक काटेर खुसियाली समेत मनाएको छ।

फिल्मका उपत्यकाका वितरक गोपालकाजी कायस्थले दोस्रो सातामा पनि फिल्मले देशभर १ सय ३१ वटा हल पाउने बताए।
पत्रकार भेटघाट कार्यक्रममा निर्माता किरण केसी, कलाकार हरिवंश आचार्य, निर्देशक प्रदिप भट्टराई, अभिनेत्री आँचल शर्मा लगायतको उपस्थिति थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।