एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तरी कोरियाका नेता किम जोङ उन आफूसँग भेट गर्न उत्सुक रहेको बताएका छन्। चिनियाँ राष्ट्रपति सि जिनपिंगका अनुसार उत्तर कोरियाली नेता किम आफूलाई भेट्न उत्सुक रहेको स्वयं अमेरिकी राष्ट्रपति ट्रम्मले खुलासा गरे।
ट्रम्पले ट्विटर मार्फत चिनियाँ राष्ट्रपतिले आफ्नो र उत्तर कोरियाली नेताको भेटवार्ता सफल हुने बताएको समेत उल्लेख गरेका छन्।
ट्रम्पले उत्तर कोरियाली नेता किमसँग भेटवार्ता नभएसम्म उत्तर कोरियामाथि लगाएको प्रतिबन्ध नहट्ने समेत बताएका छन्। ट्रम्पको टिप्पणी बुधबार बेइजिङमा भएको सि जिनपिंग र किम जोङ उनबीचको भेटघाटपछि आएको हो।
सन् २०११ मा उत्तर कोरियाको सत्ता सम्हालेपछि किम पहिलो पटक विदेश भ्रमणमा निस्किएर चीन निस्किएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।