• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

‘क्षेत्र, सम्प्रदाय र दलगत राजनीतिभन्दा माथि उठौं’(संसदमा राष्ट्रपति सम्बोधनको पूर्णपाठ)

64x64
नेपाल लाइभ बिहीबार, चैत १५, २०७४  १६:५४
1140x725

प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष र संघीय संसदका सदस्यहरू !

सबै तहका निर्वाचन सम्पन्न भएको र संविधानले व्यवस्था गरेअनुरूपका संरचनाको समेत निर्माण भइसकेको अवस्थामा देश संविधानको पूर्ण कार्यान्वयनको चरणमा प्रवेश गरेको छ। यसबीच हामीले संविधानको व्यवस्थाअनुरूप पुनसंरचना गरिएको राजनीतिक प्रणालीलाई संस्थागत गर्ने सफलता हासिल गरेका छौं। संविधानबमोजिम स्थानीय, प्रादेशिक र संघीय जनप्रतिनिधि संस्थाहरूको निर्वाचनसमेत सम्पन्न भइसकेको छ, स्थानीय तह एवं प्रादेशिक र सङ्घीय सरकारको गठन पनि भइसकेको छ। साथै, राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन सम्पन्न भएर राजनीतिक संक्रमणकाल अन्त्य भई देश स्थायित्व र समृद्धिको युगमा प्रवेश गरेको छ। यस महान उपलब्धिबाट राजनीतिक मात्र होइन, आर्थिक–सामाजिक क्षेत्रमा समेत ठूला उपलब्धिहरू र अग्रगमन हासिल गर्ने अवसर प्राप्त भएका छन्। यस राष्ट्रिय सफलता र उज्ज्वल सम्भावना उन्मुख घडीमा जनताद्वारा निर्वाचित संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न पाउँदा मलाई हर्ष र गौरवको अनुभूति भएको छ। देशलाई यस अवस्थासम्म ल्याइपुर्‍याउन नेपाली जनताले विगतमा सञ्चालन गरेका संघर्षका गाथाहरूको स्मरण गर्दै यस घडीमा म सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्छु। यसैगरी नेपाली समाजलाई अन्धकार सामन्ती युगबाट आजको अवस्थासम्म ल्याइपुर्‍याउन अनवरत संघर्षमा आफूलाई समर्पित गर्ने महान् अग्रजहरूको म आदरभावसहित स्मरण गर्न चाहन्छु। 

सर्वस्वीकृत र सर्वाधिक लोकतान्त्रिक विधिबाट साढे दुई वर्ष अघि प्रगतिशील र लोकतान्त्रिक संविधान जारी भएपछि प्रारम्भ भएको पछिल्लो र महत्वपूर्ण संक्रमणकालको अत्यन्त महत्वपूर्ण चरण अब पूरा भएको छ। हामी यतिबेला जनताद्वारा निर्वाचित संविधानसभाबाट जारी गरिएको आधुनिक लोकतन्त्रका आधारभूत मान्यतासहितको संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान पूर्णरूपमा कार्यान्वयन गर्ने दिशामा तीव्र गतिका साथ अगाडि बढिरहेका छौं। यस अवसरमा म संविधान कार्यान्वयनको मूल आधारका रूपमा तीन वटै तहका निर्वाचनहरू सम्पन्न गर्न प्रतिबद्धताका साथ लागि पर्ने राजनीतिक दलहरू, सरकार, सुरक्षा निकायहरू तथा निर्वाचन कार्य सम्पन्न गर्ने दायित्व प्राप्त निर्वाचन आयोगका साथै निष्पक्ष निर्वाचनको सुनिश्चितताका लागि सक्रिय सरकारी तथा अन्य निकाय एवं संस्थाप्रति हार्दिक धन्यवाद ज्ञापन गर्छु। 

नेपाली जनताको लामो अनि कष्टपूर्ण संघर्ष, बलिदान र त्यागपछि राष्ट्र अब पूर्ण रूपमा जननिर्वाचित प्रतिनिधिहरूको अगुवाईमा विकास, स्थिरता, समृद्धि र शान्तिको बाटोमा अग्रसर भएको छ। यस अवसरमा म अधिकार, न्याय र समानताका लागि सङ्घर्षको थालनीको विन्दुदेखि संविधान बनाउन र निर्वाचन गराउन सर्वाधिक महत्वपूर्ण योगदान दिने महान जनतामा हार्दिक धन्यवाद ज्ञापन गर्छु। अब देश संविधानले निर्दिष्ट गरेको दिशामा आर्थिक विकास र समृद्धि हासिल गर्न अग्रसर हुनेछ भन्ने विश्वास लिएको छु। जनताको संवैधानिक तथा कानूनी अधिकार एवं मानवअधिकारको प्रभावकारी कार्यान्वयनमा जोड दिँदै न्यायपालिकालाई सुदृढ पार्न सम्बद्ध पक्षको ध्यान पुग्नुपर्छ। राज्यका सबै अंग, सार्वजनिक, सहकारी, समुदाय र निजी क्षेत्रमा आर्थिक अनुशासन र सदाचारको भावना प्रबल हुनुपर्नेतर्फ सबैको ध्यान आकृष्ट गर्न चाहन्छु।  

भर्खरै सम्पन्न भएका निर्वाचनहरूमा नेपाली जनता उत्साहपूर्ण रूपमासहभागी भएर कतै कुनै मतभेद र समस्या भए शान्तिपूर्ण विधिमार्फत वर्तमान संविधानले सुनिश्चित गरेको लोकतन्त्रको उच्चतम अभ्यासमार्फत जनप्रतिनिधि संस्थाहरू भित्रैबाट हुनुपर्दछ भन्ने अभिमत व्यक्त गरेका छन्। त्यसैले संसदमा आम नेपालीको विश्वास प्रतिविम्बित छ। पौने तीन करोड नेपालीले यातायात, सञ्चार ऊर्जाको विकास र विस्तार, कृषि, पर्यटन र सेवाका क्षेत्रहरूको आधुनिकीकरण र विस्तार, गुणस्तरीय र सुलभ शिक्षा एवं स्वास्थ्य, स्वच्छ खानेपानी र स्वस्थ वातावरण, उद्योग र व्यापारको समुचित विकास, लोकतन्त्रको रक्षा, सामाजिक न्याय र राष्ट्रिय एकता एवं राष्ट्रिय हितको रक्षा र सम्बद्र्धन गर्दै राष्ट्रिय गौरव र स्वाभिमानलाई अघि बढाएर सुशासन र विकासको बाटो हुँदै समग्र आर्थिक, सामाजिक विकासको माध्यमबाट मुलुकलाई समृद्धिको नयाँ उचाइमा पुर्यािउने विश्वास पनि यस जनता र जनप्रतिनिधि संस्थाप्रति उत्तरदायी सरकारबाट हुन्छ भन्ने अपेक्षा गरेका छन्। अझ वर्तमान सरकारको स्पष्ट दुरदृष्टि र दृढ संकल्पले आमजनतामा उत्साहको सञ्चार गरेको छ।

नेपाली समाजको भौगोलिक, सांस्कृतिक वा जातीय विविधतायुक्त सामाजिक वास्तविकता पनि यस सङ्घीय संसदमा प्रतिबिम्बित छ। यो संसद् नेपालको विविधताबीचको एकताको उत्कृष्ट उदाहरण हो। लामो समयदेखि माग हुँदै आएको राजनीतिक नेतृत्वमा समावेशिता लगायतका विषयहरू र समानतासम्बन्धी उपलब्धिहरू हाम्रा निर्वाचित निकायहरूमा सुस्पष्ट रूपमा अभिव्यक्त भएका छन्। निर्वाचित निकायहरूमा महिलाहरूको ४१ प्रतिशत उपस्थितिले हामीलाई गौरवबोध गराएको छ। हाम्रा निर्वाचित निकायहरूमा हिजोसम्म पछाडि परेका समुदायको उल्लेखनीय प्रतिनिधित्व सुनिश्चित गरेर हामीले विश्वकै सामु दृष्टान्त प्रस्तुत गरेका छौं। 

राजनीतिक आबद्धताका दृष्टिले कसैलाई सत्तापक्ष र कसैलाई प्रतिपक्ष भन्न सकिएला, तर आमरूपमा यस संसदका हरेक सदस्यले आफ्ना मतदाताको आशा र भरोसाको सदैव सम्मान गर्नुपर्दछ भन्ने मलाई लाग्छ। नेपाल अब कुनै पनि बहानामा हिंसातर्फ धकेलिन हुँदैन। देशको जीर्ण आर्थिक–सामाजिक परिवेशले हामीलाई अग्रगामी रूपान्तरणका दिशामा केन्द्रीत भएर अघि बढ्न निर्देशित गरेको छ। अब जनताका आवश्यकता र चाहनाको परिपूर्तिका लागि सवै तहका जनप्रतिनिधिहरू आ–आफ्नो कर्तव्यमा समर्पित हुन आवश्यक छ। त्यसैले जनचाहना र आवश्यकताको सम्बोधन गर्न जनप्रतिनिधिहरूबाट निष्ठापूर्वक कर्तव्यपालना हुनेछ भन्ने मैले विश्वास लिएको छु। क्षेत्र, सम्प्रदाय र दलगत राजनीतिभन्दा माथि उठेर जनता र देशको सर्वोपरी हितमा अघि बढ्न यो संसद् प्रयत्नशील रहने छ भन्ने मेरो विश्वास रहेको छ। 

जननिर्वाचित यस संघीय संसदमा आउनुभएका सम्पूर्ण सदस्यहरूलाई समतामूलक, समाजवाद उन्मुख, पूर्ण लोकतान्त्रिक, एकताबद्ध र समृद्ध मुलुकका रूपमा चिनाउने कार्यमा समर्पित हुन आह्वान गर्दछु। नेपालको गौरवशाली स्वाधिन इतिहास, सुन्दर प्रकृति र विविध संस्कृतिलाई हाम्रा पुर्खाले रक्षा गर्दै विश्व समुदायसमक्ष देशभक्त, स्वाभिमानी र बहादुर जनताको देश भनेर नेपालको चिनारी स्थापित गरेका हुन्। तर, विगतका शासकीय र व्यवस्थापकीय कमजोरीका कारण समयक्रममा नेपाल अतिकम विकसित राष्ट्रका रूपमा चिनिन पुगेको छ। ठूलो सङ्ख्यामा नेपाली युवा रोजगारीका लागि विदेश पलायन भइरहेका छन्। आजको परिवर्तन र प्राप्त उपलब्धिको जगमा युवा समुदायको ऊर्जा र जाँगरको प्रयोग देश निर्माणका लागि हुनुपर्छ भन्ने आकांक्षाको अब भरपर्दो ढंगले सम्बोधन हुनेछ भन्ने विश्वास व्यक्त गर्छु। यति ठूलो उपलब्धिको हिस्सेदार, उपभोक्ता र अब विकास र समृद्धिको अभियानका अभियन्ता हाम्रा युवाहरूलाई कसरी बनाउने सोच्नैपर्छ। भविष्यका युवा तथा देश विकासको आधारको रूपमा रहेका आजका बालबालिकाको पोषण र शिक्षामा यथोचित ध्यान दिनुपर्छ।

Ncell 2
Ncell 2
nimb
nimb

लोकतन्त्र जनताको आवश्यकता परिपूर्ति गर्दै विकासको बाटो सुगम बनाउने प्रणाली हो। प्रत्येक नागरिकका लागि स्वतन्त्र भएर स्वाभिमानपूर्वक बाँच्न पाउने अवस्थाको सिर्जना गर्ने राजनीतिक परिपाटी मात्र लोकतान्त्रिक प्रणाली हुनसक्छ। लोकतन्त्र भनेको थेगो होइन, यो त जीवन प्रणाली हो। यो अनुभूत गर्ने विषय हो, अरूले बताइदिने विषय होइन। त्यसैले आमजनताको जीवनस्तरमा सुधार ल्याउन नसकिएको खण्डमा लोकतन्त्र अर्थहीन नारा मात्र हुन जान्छ।

प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाका अध्यक्ष !

नेपाली जनता अब फेरि आफ्नो गौरवशाली इतिहास र परम्पराको पहिचान स्थापित गर्ने उद्देश्यका साथ जागरुक हुन जरुरी छ। कुनै समयमा वौद्धिकता र सम्पन्नताको केन्द्र रहेको यस भूमिलाई पुनःजागरणको युगमा पदार्पण गराउने क्षमता हामीले देखाउन आवश्यक छ। सबैका लागि समान अधिकार र समान अवसरको संवैधानिक प्रत्याभूति भएको आजको परिवेशमा हामी देश र जनताको माग र आवश्यकता अनुसार अब तीव्र गतिमा समृद्धिको यात्रातर्फ अग्रसर हुनैपर्छ। हामीले न्यायपूर्ण आदर्श समाज निर्माण गर्नैपर्छ, यस्तो अग्रसरताका वाहक जनप्रतिनिधिहरू नै हुन्। 

यसै वर्ष सम्पन्न विभिन्न तहका निर्वाचनबाट नेपाली जनताले आफूले बनाएको नेपालको संविधानलाई थप बलशाली तुल्याएका छन्। जनप्रयासबाट निर्मित र जनभावना एवं व्यवहारबाट अनुमोदित यस संविधानले हाम्रो बाटो निर्दिष्ट गरिसकेको छ। संविधान कार्यान्वयनकै दिशामा सम्पन्न विभिन्न तहका निर्वाचनहरूमा आम जनताले जनाएको उत्साहपूर्ण सहभागिता र त्यसमार्फत अभिव्यक्त जनमतले हामीलाई समृद्ध नेपाल र सुखी नेपालीको युगान्तकारी लक्ष्य हासिल गर्ने दायित्व मात्र होइन थप अभिभारासमेत सुम्पिएका छन्। पुरानो युगबाट नयाँ युगतर्फको यो सङ्क्रमण सामान्य राजनीतिक परिवर्तन मात्र होइन। यो युगान्तकारी परिवर्तनसँगै नेपालको इतिहासमै असाधारण सम्भावनाको ढोका खुलेको छ। सामाजिक जीवनमा असमानताको अन्त्य र न्यायको प्रारम्भ हुने आधार स्थापित भएको छ। विकासको फलमा सबैको समान पहुँच स्थापित हुने न्यायपूर्ण भविष्यको स्पष्ट संकेत देखिएको छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

प्राकृतिक स्रोतले सम्पन्न यस सुन्दर र समृद्ध देशलाई हाम्रो सम्पूर्ण स्रोत, साधन र सामर्थ्यको प्रयोग गर्दै दिगो विकास र समृद्धिको बाटोमा एकताबद्ध भई अघि बढौं। हाम्रा छिमेकी मित्र राष्ट्रहरू लगायत तमाम मित्रहरूसँग मित्रता र सहकार्यको हात बढाउँदै हाम्रो विकासका आकांक्षाहरू पूरा गर्न उचित ढङ्गले समन्वय गर्दै हाम्रोमा, हाम्रा छिमेकमा र सिंगो विश्वमा शान्ति र समृद्धिको लागि हामीले सक्ने योगदान गरौं।

अबको नेपाल कुनै पनि किसिमको मनोमालिन्य, अशान्ति, दमन, भ्रष्टाचार र उत्पीडनबाट मुक्त हुनुपर्छ। हाम्रा अग्रजले सुन्दर, शान्त र न्यायपूर्ण नेपालका लागि आफ्नो जीवनसमेत उत्सर्ग गरेका थिए। अब सहिदको सपना साकार पार्ने समय आएको छ। यस अवसरमा म यो संसद, सरकार, राज्यका सबै अंगसहित आम चेतनशील नागरिकलाई समुन्नत समाज निर्माणको अभियानमा एक भएर योगदान गर्न आह्वान गर्छु। इतिहासले वर्तमान पिँढीलाई हाम्रो समाजको समग्र रूपान्तरण गर्ने दायित्व सुम्पिएको छ। आफ्नो ऐतिहासिक जिम्मेवारी पूरा गर्न प्रतिनिधिसभा र राष्ट्रियसभालाई पूर्ण सफलता मिलोस्। मेरो हार्दिक शुभकामना छ।
धन्यवाद।

(राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार दुवै सदनको संयुक्त बैठकलाई गरेको सम्बोधनको पूर्णपाठ)

प्रकाशित मिति: बिहीबार, चैत १५, २०७४  १६:५४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत
सम्बन्धित सामग्री
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार सरकारले विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) को सहयोगमा प्रभावित परिवारलाई एकद्वार प्रणालीमार्फत राहत रकम वितरण गरेको हो। स्थानीय तहसँग... बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत जर्मनीबाट डिपोर्ट (निष्कासन) गरिएको विषयसहित नैतिक आचरण, योग्यता र कूटनीतिक अनुभवमाथि गम्भीर प्रश्न उठेपछि समितिले उनको नाम अनुमोदन... बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत संघीय संसद्को संसदीय सुनुवाइ समितिबाट उनको नाम अनुमोदनका लागि अस्वीकृत भएको छ । बुधबार, असोज २८, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्