काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेकपा एमालेले हिंसात्मक द्वन्द्वपछिको घटनाक्रमलाई मात्र मान्यता दिएको आरोप लगाएका छन्।
अध्यक्ष थापाले ट्विट गर्दै प्रजातन्त्र स्थापना, सद्भाव र एकताको आधारको रुपमा रहेको सनातन धर्मको गौरवपूर्ण इतिहास एवं संस्कृति मेटाएर द्वन्द्वपछिको घटनाक्रमलाई मात्र मान्यता दिने योजनामा अन्तिममा एमाले समेत मतियार बनेको उल्लेख गरेका छन्।

सरकारले पृथ्वी जयन्ती र विभिन्न चाडपर्वमा विगतमा दिइएका सार्वजनिक बिदा कटौती गरेपछि राप्रपाले गम्भीर आपत्ति जनाएको छ।
सनातन धर्माबलम्बीहरुको महत्वपूर्ण धार्मिक सांस्कृतिक पर्वबिदा कटौती गर्ने निर्णय दुर्भाग्यपूर्ण रहेको टिप्पणी गर्दै राप्रपाले सरकारले हिन्दु धर्म कमजोर बनाउने षड्यन्त्रको संवाहक बनेको आरोप लगाउङ्गदै आएको छ।
मन्त्रिपरिषद्को बुधबारको बैठकले विभिन्न चाडपर्व र दिवसको बिदा कटौती गर्दै शनिबारसहित वर्षमा ८९ दिनमा झारेको थियो। यसअघि शनिबारसहित वर्षमा १ सय ४ दिन सार्वजनिक बिदा थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।