काठमाडौं- नेपाली कांग्रेसले निरन्तर ओरालो लागेको सेयर बजारप्रति गम्भीर ध्यानकर्षण भएको जनाएको छ।
कांग्रेसका प्रवक्ता विश्वप्रकास शर्माले तुलनात्मक रुपमा सहज राजनीतिक वातावरण मुलुकमा विकसित भएको बेला सेयर ओरालो लाग्नु दु:खद भएको बताए। प्रवक्ता शर्माले अर्थतन्त्रको गति मापन गर्ने ‘पल्स’को अवस्थाप्रति गम्भीर ध्यानकर्षण भएको जनाउँदै समृद्धिको नारा र बजारको अवस्थाबीच तादात्म्यता खोज्न सरकार गम्भीर नभएको आरोप लगाए।
समृद्धिको नारा र बजारको अवस्थाबीच तादात्म्यता खोज्न सरकार गम्भीर नहुनु सुखद संकेत नभएको उनको भनाइ छ।
नयाँ सरकार गठनसंगै सेयर बजार ओरोलो लगेको छ। प्रधानमन्त्रीमा केपी शर्मा ओली नियुक्त भएलगत्तै केही अंकले बढेको सेयर अर्थमन्त्रीमा युवराज खतिवडा आएसँगै आरोलो लाग्ने क्रम जारी छ। अर्थमन्त्री खतिवडा सेयर बजारप्रति सकारात्मक नहुँदा सेयर बजारले रातो झन्डा देखाएको सेयर जानकार बताउँछन्।
विकास र समृद्धिको नारासहित नयाँ सरकारले निरन्तर लोकप्रिय आर्थिक कार्यक्रम गर्ने घोषणा गर्ने तयारी गरे पनि सेयर बजार उत्साहजनक छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।