काठमाडौं- कांग्रेस केन्द्रीय कार्य समिति बैठक आज पनि जारी छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा सदस्यहरुले धारणा राखिरहेका छन्। निर्वाचनको समीक्षा र भावी रणनीति तय गर्न शुक्रबारबाट केन्द्रीय कार्य समिति बैठक बोलाइएको हो।
नेता रामचन्द्र पौडेल पक्षले नेतृत्वका कारण प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा पार्टीले पराजय बेहोर्नुपरेको भन्दै पार्टी सभापति शेरबहादुर देउवाको चर्को आलोचना गरेका छन्। वर्तमान नेतृत्वबाट पार्टी अगाडि बढ्न नसक्ने बताउँदै महाधिवेशनबाट नयाँ नेतृत्व चयनमा जानुपर्ने उनीहरुले माग गरेका छन्।
सभापति देउवा पक्षीय नेताहरुले निर्वाचनमा नेतृत्व बचाउ गर्दै चुनावी पराजयको जिम्मेवारी सबैले लिनुपर्ने धारणा राखेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।