काठमाडौं– फिल्म 'कोहलपुर एकप्रेस'को ट्रेलर सावर्जनिक भएको छ। आउँदो वैशाख १४ देखि प्रर्दशनमा आउन लागेको फिल्मको ट्रेलर बुधबार काठमाडौंमा सार्वजनिक गरिएको हो।
तीन अभिनेत्री प्रियंका कार्की, ऋचा शर्मा र केकी अधिकारीको मुख्य अभिनय रहेको फिल्ममा अभिनेत्री रिमा बिश्वकर्माले पनि साथ दिएकी छिन्। ट्रेलरमा बढी मात्रामा हाँस्य संवाद हेर्न सकिनेछ।
'फिल्मले कसैलाई शिक्षा पनि दिँदैन र फिल्मले उद्योगमा कुनै कायापलट पनि ल्याउँदैन तर यति विश्वास गर्नुहोस् १ घन्टा ५५ मिनेटको कोहलपुर एक्प्रेसले तपाईंलाई मज्जाले हँसाउने जिम्मा लिनेछ,' फिल्मका निर्देशक विशाल भण्डारीले कार्यक्रममा भने।
निमार्ता केकीले भनिन्, 'दुःख र मिहिनेतले फिल्मको ट्रेलर दर्शकमाझ ल्याएका छौं, अब मन पराउने नपराउने दर्शककै हातमा छ।'
फिल्ममा केकी, ऋचा, प्रियंका, रिमाका साथ विनोद न्यौपाने, बुद्दी तामाङ, रविन्द्र झा, कुशाग्र भट्टराई लगायतका कलाकारको अभिनय छ।
फिल्मलाई अर्जुन तिवारीले खिचेको हुन्।
कोहलपुर एक्सप्रेसको ट्रेलर
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।