हेटौंडा- नेपाली कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलको प्रमुख सचेतक नियुक्त गरेको छ।
दलको बैठकले प्रमुख सचेतकमा राधा घलेलाई चयन गरेको हो। त्यस्तै, सचेतकमा छिरिङ दोर्जे लामा, सदस्य-सचिवमा निमा लामा र अनुशासन समिति संयोजकमा विजुला बर्मालाई चयन गरिएको छ।
बैठकले प्रदेशमा बन्ने ५ वटा विषयगत समितिमध्ये कांग्रेसले सार्वजनिक लेखा समितिको सभापतिमा दलको तर्फबाट न्हुच्छेनारायण श्रेष्ठको उम्मेदवारी दिने निर्णय गरेको सदस्य-सचिव निमा लामाले बताए।
त्यस्तै, बैठकले हालै भएको यु-एस बाङ्ला एयरलाइन्सको विमान दुर्घटना हुँदा २२ नेपालीसहित ४९ जनाको मृत्यु भएकोप्रति दुःख व्यक्त गर्दै घाइतेको उपचार र मृतकका परिवारलाई तत्काल क्षतिपूर्ति उपलब्ध गराउन माग गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।