नयाँ दिल्ली (एजेन्सी)- अमिताभ बच्चन र ऋषि कपुर करिब २७ वर्षपछि प्रमुख भूमिकामा एकसाथ फिल्ममा देखिँदै छन्।
४ मे मा रिलिज हुने फिल्म '१०२ नटआउट' को ट्रेलर सार्वजनिक गरिएको छ। ट्रेलर निकै रमाइलो छ, जसमा ऋषिको पिताको भूमिका निर्वाह गरेका अमिताभ बच्चन ठट्यौली अवतारमा देखिएका छन्। फिल्ममा उनी छोरा ऋषिलाई हैरान पारिरहेका छन्। उनले ७५ वर्षका छोरालाई वृद्धाश्रम पठाउन लागेको बताउँछन्।
हरेक फिल्ममा नयाँ लुकमा प्रस्तुत हुने भनेर परिचित अमिताभ यस फिल्ममा पनि अलग रुपमा देखिएका छन्। अर्कातिर ऋषि कपुरलाई पाको व्यक्तिको भूमिका सुहाएको देखिन्छ। ऋषिले यसअघि 'कपुर एन्ड सन्स' मा पनि वृद्धको चरित्र निर्वाह गरिसकेका छन्।
'१०२ नटआउट' लाई 'ओह माई गड' निर्देशक उमेश शुक्लाले बनाएका हुन्। फिल्ममा पिता र पुत्रको सम्बन्ध देखाइएको छ। फिल्म आगामी मे ४ मा रिलिज गर्ने तयारी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।