नयाँ दिल्ली (एजेन्सी)- बलिउड सुपरस्टार अजय देवगनको हालै रिलिज भएको फिल्म 'रेड'ले बक्स अफिसमा राम्रो सुरुवात गरेको थियो। फिल्मले तीन दिनमा ४१ करोडको व्यापार गर्दै विकेन्डमा सबैभन्दा धेरै कमाउने यस वर्षकै दोस्रो फिल्म बन्यो।
सुरुवात राम्रो गरे पनि एक सय करोड क्लबमा पुग्न फिल्म अझै पनि टाढै छ। बलिउडका व्यापार विश्लेषणक तरण आदर्शका अनुसार, फिल्मले रिलिजको ११ दिनसम्ममा ८१ करोड ९५ लाखको व्यापार गरेको छ।
'रेड'भन्दा अगाडि रिलिज भएको अजय देवगन अभिनीत मल्टिस्टारर फिल्म 'गोलमाल रिटर्न्स' ले २ सय करोडभन्दा बढी कमाएको थियो। रोहित शेट्टीको निर्देशनमा बनेको यो फिल्म ब्लकबस्टर साबित भएको थियो।
'गोलमाल रिटर्न्स' भन्दा अगाडि आएका अजयका चार फिल्मले भने बक्स अफिसमा राम्रो छाप छाड्न असफल रहे। बक्स अफिस इन्डियाका अनुसार, 'बादशाहो' (२०१७)' ले ६५ करोडको व्यापार गरेको थियो। यस्तै, अजय निर्देशनको क्षेत्रमा उत्रेको 'शिवाय' (२०१६)' ले ८४ करोड, 'दृश्यम' (२०१५) ले ६८ करोड र 'एक्शन जैक्सन' (२०१४) ले ५७ करोड रुपैयाँ कमाउँदै फ्लप भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।