एजेन्सी– बलिउड फिल्म उद्योगमा पुराना स्टारहरुको जति दबदबा कायम छ, नयाँ र सम्भावना बोकेका कलाकारहरुको चर्चा पनि उत्तिकै हुने गरेको छ। नयाँ पुस्ताका चल्तापुर्जा कलाकारमध्ये शुक्रबारबाट हलमा लाग्न लागेको 'बागी २' का अभिनेता टाइगर श्राफ पनि पर्छन्।
वरुण धवन, सुशान्त सिंह राजपुत पनि उत्तिकै सम्भावना बोकेका अभिनेताभित्र पर्छन्। तर, एक्सन फिल्मका लागि भने टाइगरको दाँजोमा अरु अभिनेता पुग्न नसक्ने बलिउडका विश्लेषकहरु बताउँछन्। टाइगरको 'बागी २' बलिउडमा वर्षकै उत्कृष्ट एक्सन फिल्म हुनसक्ने आकलन गरिएको छ।
टाइगरले पनि आफू एक्सन र डान्समा सबैभन्दा अब्बल रहेको बताउँछन्।
उनले भनेका छन्, 'यदि कसैले एक्सन र डान्सप्रधान फिल्म बनाउन चाहेमा सबैभन्दा पहिले फिल्म निर्देशकले मेरो नाम लिएको सुन्न चाहन्छु।'
उनले अहिलेसम्म अभिनय गरेका चार फिल्महरुमा आफ्नो पहिचान फरक-फरक रहेको दाबी गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।