तालुक्वान- अफगानिस्तानमा भएको पछिल्लो घटनामा परी १८ जनाको मृत्यु भएको छ।
मृत्यु भएकामध्ये सात जना सुरक्षाकर्मी रहेका छन्। देशको उत्तरी तखार प्रान्तमा पर्ने डाराक्वाद जिल्लामा बुधबार घटना भएको हो।
प्रान्तीय प्रहरी प्रवक्ता अब्दुल खालिल असिरले दिएको जानकारीअनुसार तालिवान लडाकूले क्वारा तेपास्थीत सुरक्षा चौकीमा आक्रमण गरेका थिए।
बिहानैबाट लडाकूले आक्रमण गर्दा झण्डै दुई घण्टासम्मको सो भिडन्तमा १८ जनाको मृत्यु भएको उनले बताए।
मृत्यु हुनेमा प्रहरी र सैनिक गरी सात र लडाकू ११ जना रहेका छन्। उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रत्यक्षदर्शीले बताएका छन्।
भिडन्तमा परी अरु सात जना घाइते भएका छन्। घटनाका बारेमा अहिलेसम्म कसैले पनि जिम्मेवारी लिएको छैन। -रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।