काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले युरोपेली युनियनको प्रतिवेदन जातीय द्वन्द्व बढाउने उद्देश्यबाट आएकाले यसको विरोध गर्नुपर्ने बताएका छन्।
वसन्तश्रीद्वारा लिखित पुस्तक ‘यार्सा’ को विमोचन कार्यक्रममा कोइराले जातीय युद्ध निम्त्याउने षड्यन्त्रबाट इयूले प्रतिवेदन तयार गरेकामा यसप्रति सबैलाई चनाखो बन्न आग्रह समेत गरे।
अर्को सन्दर्भमा नेता डा. कोइरालाले अहिले प्रधानमन्त्रीले सबै शक्ति हातमा लिएर शक्ति पृथकीकरणको बेवास्ता गरेको आरोप लगाए।
'प्रदेशदेखि केन्द्रसम्म कम्युनिस्टकै बहुमत छ, तर पनि प्रधानमन्त्री केपी शर्मा ओलीले सबै शक्ति आफ्नो हातमा लिन खोज्दै हुनुहुन्छ, शक्ति पृथकीकरणको बेवास्ता गरिँदैछ', उनले भने, 'प्रधानमन्त्रीले राज्यका अंगलाई अलग बनाएर निरंकुशताको अभ्यास गरिरहेको छ।'
नेता डा. कोइरालाले सरकारले अब विस्तारै मिडियामाथि निगरानी बढाउन सक्ने आरोप पनि लगाए।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीवनबहादुर शाही, प्रा डा प्रेम शर्मा, डा. नारायण गड्तौला, डा दीपेन्द्र रोकाया लगायतले पुस्तकले हुम्लाको मात्र नभएर भाषा र संस्कृतिलाई उजागार गरेको बताए। (रासस)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।