काठमाडौं- उखु किसान र सरकारबीच वार्ता सुरु भएको छ।
उद्योग मन्त्रालयमा जारी वार्तामा सरकारका तर्फबाट उद्योग मन्त्री लेखराज भट्ट र किसान प्रतिनिधिहरु संलग्न छन्।
पटकपटक बिक्री गरिएको उखुको मूल्य नपाएको भन्दै उखु किसानहरुले केही दिनयता माइतीघर मण्डलामा धर्ना दिँदै आएका छन्।
सरकारले हिजै मात्र चिनी उद्योगीहरुलाई पक्रन प्रहरीहरुलाई परिपत्र जारी गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।