काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बिहीबार बस्ने भएको छ।
बैठक बेलुका ४ बजेका लागि बोलाइएको एक सचिवालय सदस्यले जानकारी दिए।
नेकपाले सभामुखको उम्मेदवार चयन लगाउन सकेको छैन। बिहीबार बस्ने बैठकले सभामुखको उम्मेदवार तय गर्न सक्ने छ।
मंगलबार मात्रै दुई अध्यक्षहरु केपी शर्मा ओली र पुषपकमल दाहाल प्रचण्डबीच भेटवार्ता भए पनि सभामुखको उम्मेदवार टुंगो लगाउन सकेका थिएनन्।
सभामुखमा अध्यक्षद्वयको आआफ्नै दाबी छ। उनीहरुले क्रमशः सुवास नेम्वाङ र अग्नि सापकोटालाई सभामुख बनाउन चाहेका उनीहरु निकटका नेताहरुले बताउने गरेका छन्।
त्यस्तै, उपसभामुख शिवमाया तुम्बाहाङ्फे अर्की दाबेदार हुन्।
बिहीबारको सचिवालय बैठकमा आगामी केन्द्रीय कमिटी बैठकको एजेन्डाको विषयमा पनि छलफल हुने बताइएको छ।
पछिल्लो स्थायी कमिटी बैठकले पुस २३ गतेका लागि केन्द्रीय कमिटी बैठकको मिति तय गरेको थियो।
(फाइल तस्बिर)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।