काठमाडौं- राष्ट्रियसभा नियमावली मस्यौदा समितिकाे सभापतिमा एमालेका पर्शुराम मेघी गुरुङ चयन भएका छन्।
अाज संसद् भवनमा बसेकाे नियमावली मस्यौदा समितिकाे बैठकले राष्ट्रियसभा सदस्य गुरुङलाई सभापति चयन गरेकाे हाे। ९ सदस्य रहेकाे समितिले बैठक सञ्चालन मापदण्ड समेत पारित गरेकाे छ।
समितिकाे अर्को बैठक भाेलि (बुधवार) दिउँसो बस्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।