नयाँ दिल्ली (एजेन्सी)- डाटा चुहावट भएको प्रकरणमा पछिल्लो केही सातादेखि सामाजिक सञ्जाल फेसबुक विवादित बनेको छ। यसै क्रममा बलिउड अभिनेता फरहान अख्तरले आफ्नो फेसबुक एकाउन्ट सधैंका लागि हटाएको घोषणा गरेका छन्। ४४ वर्षीय अभिनेताले ट्विटर मार्फत यस्तो घोषणा गरेका हुन्।
उनले ट्विट गरेका छन्, 'शुभप्रभात! तपाईंहरु सबैलाई जानकारी गराउँछु, मैले आफ्नो फेसबुक एकाउन्ट सधैंका लागि डिलिट गरेको छु। भेरिफाइड 'फरहान अख्तर लाइभ पेज' भने अझै पनि सक्रिय छ।'
फरहानले फेसबुक एकाउन्ट डिलिट गर्नुको कारण भने खुलाएका छैनन्। उनी अगाडि स्पेस एक्स (SpaceX) का सिइओ इओन मास्क, अमेरिकी गायक शेर र हलिउड अभिनेता जिम कैरीले पनि फेसबुक एकाउन्ट डिलिट गरिसकेका छन्।
फरहानले यस्तो समयमा फेसबुक एकाउन्ट हटाएका छन्, जतिबेला ब्रिटिस कम्पनी क्याम्ब्रिज एनालिटिकाले यो सामाजिक सञ्जालका पाँच करोड प्रयोगकर्तासँग जोडिएको विवरणको दुरुपयोग गरेको भनेर फेसबुकको आलोचना भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।