काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बीच फोन वार्ता भएको छ।
प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्विटरमार्फत वार्ता भएको जानकारी दिएका हुन्।
'आज बिहान भारतीय प्रधानमन्त्री श्री नरेन्द्र मोदीजीसँग मेरो फोन वार्ता भयो। हामीले नयॉ बर्ष २०२० को शुभकामना आदान-प्रदान गर्यौं। दुई देशबीचको सम्बन्धलाई नयाँ उचाईमा पुर्याउन सन् २०१९ सफल रहेको निष्कर्ष निकाल्यौँ', ओलीले ट्विटमा लेखेका छन्।
ओलीले बाँकी समस्याहरू समाधान गर्दै सम्बन्धलाई अझै उचाईमा पुर्याउन सन् २०२० सफल रहनेमा आफूहरुले विश्वास व्यक्त गरेको उल्लेख गरेका छन्।
'मैले प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको लागि पुन: आग्रह गरेँ', प्रधानमन्त्री ओलीले ट्विटमा लेखेका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।