काठमाडौं– ‘नेपाल भम्रण वर्ष २०२०’ को उद्घाटन कार्यक्रम दशरथ रंगशालामा हुने भएकाले आज त्यस आसपासका सडकमा अत्यावश्यक बाहेकका सवारी नचलाउन महानगरीय ट्राफिक प्रहरी महाशाखाले अनुरोध गरेको छ।
दिउँसोको समयमा ठमेलबाट र्याली निस्केर रंगशालासम्म जाने हुदाँ थापाथली, त्रिपुरेश्वर, कालिमाटी, शहिद गेट, जमल, केशरमहल क्षेत्रमा अत्यावश्यक सवारीसाधन बाहेक अन्य सवारीसाधन नचलाई वैकल्पिक रुट प्रयोग गर्न ट्राफिक प्रहरीले आग्रह गरेको हाे।
सर्वसाधरणको लागि काठमाडाैं मल अगाडि टुँडिखेलमा पार्किङस्थल तोकिएको ट्राफिकले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।