इटहरी- इटहरी उपमहानगरपािलकाले ६० जना महिला फुटबल खेलाडी तयार गरेकाे छ। एक महिना तालिम प्रदान गरेर महिला खेलाडी तयार गरिएकाे उपमहानगरले जनाएकाे छ।
तालिम प्राप्त महिला खेलाडीको तीनवटा सम्म टिम बन्ने बताइएकाे छ। इटहरीका सामुदायिक तथा संस्थागत विद्यालयमा अध्यनरत छात्राहरुलाई फुटबल प्रशिक्षण प्रदान गरिएको हो।
प्रशिक्षण कार्यक्रमको समापन समारोहलाई सम्बाेधन गर्दै इटहरी उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमले अन्तराष्ट्रिय स्तरसम्म खेल्न सक्ने महिला खेलाडी उत्पादन गरिने बताइन्। उनले पढाइसँग फुटबल खेलकुदलाई अघि बढाउन सल्लाह दिइन्।
प्रशिक्षण प्राप्त महिला खेलाडी सुनयना वानियाँले एक महिना सम्म तालिम दिएर आफूहरुको प्रतिभा उजागर गर्ने अवसर प्रदान गरेकोमा इटहरी उपमहानगरलाई धन्यवाद दिइन्। एक महिनासम्म श्याम मानन्धर, विष्णु चौधरी, मणिन्द्र याख्खा, दिपेन्द्र तामाङ्ग र राजेश लुङ्गेलीले तालिम दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।