काठमाडाैं- जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले मौसम बदलीसँगै वर्षा र हिमपातको सम्भावना रहेकोले सतर्कता अपनाउन अनुराेध गरेकाे छ।
महाशाखाले बुधबार बिहान माैसम पूर्वानुमान बुलेटिन जारी गर्दै वर्षा र हिमपातका कारण माैसम चिसो हुने हुनाले चिसोको असरका साथै अन्य प्रभावहरुबाट बच्न सतर्कता अपनाउन अनुरोध गरेकाे हाे।
महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै नेपालमा पश्चिमी न्यून चापिय प्रणालीको प्रभाव देखिएको जनाएकाे छ। देशको पूर्वी भू-भागहरुमा सामान्यदेखि पूर्ण बदली र बाँकी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रहेको छ।
आज दिउँसो देशभर आंशि देखि सामान्य बदली रहि उच्च पहाडी र हिमाली भू-भागका केहि स्थानहरुमा हल्कादेखि मध्यम हिमपात र पहाड तथा तराईका १/२ स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ।
यस्तै राति देशभर सामान्य बदली रहि उच्च पहाडी तथा हिमाली भू-भागका केहि स्थानहरुमा हल्कादेखि मध्यम हिमपात र पहाडी तथा तराईका १/२ स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।
यस्ताे छ आगामी तीन दिनको मौसम पूर्वानुमान
.JPG)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।