काठमाडौं- आजदेखि नयाँ वर्ष सन् २०२० सुरु भएकाे छ। नयाँ वर्षकाे अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना व्यक्त गरेका छन्।
प्रधानमन्त्री ओलीले सन् २०२० स्वदेश र विदेशमा रहेका दिदीबहिनी तथा दाजुभाइका लागि सुख, शान्ति, समृद्धि, प्रगति र आरोग्यको वर्ष बनोस् भन्ने कामना गरेका छन्। उनले नयाँ वर्ष सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाउँदै लाखौं पर्यटकलाई नेपालमा स्वागत गरिने बताए।
‘समृद्ध नेपाल-सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न हाम्रा कदम थप अघि बढेका छन्।' प्रधानमन्त्री ओलीले शुभकामना सन्देशमा भनेका छन्, समग्रमा राजनीतिक संघर्ष र व्यवस्थापनको बहसबाट सिंगो समाज यस अवधिमा विकास र समृद्धिको बहसतर्फ केन्द्रित रहन सकेको छ।’

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।