• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज २६, २०८३ Mon, Oct 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

वर्षान्त २०१९ : विश्वको रोजगार दर र श्रमिकको अवस्था

64x64
नेपाल लाइभ बुधबार, पुस १६, २०७६  ०६:४५
1140x725

काठमाडौं-  अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) को स्थापना भएको सन् २०१९ मा एक शताब्दी पुगेको छ। सन् १९१९ जनवरी १ मा आइएलओ श्रम बजार र श्रमिकका मुद्दालाई सहजीकरण गर्ने उद्देश्यकासाथ स्थापना भएको हो। स्विट्जरल्याण्डको जेनेभामा मुख्य कार्यालय भएको यस संगठनमा आवद्ध मुलुकहरूको सङ्ख्या अहिले १८७ पुगेको छ।

एक शताब्दीसम्म श्रमिकहरूको अधिकार र विश्वभरको श्रम बजार सुधारका लागि एक शताब्दीको अवधि कम होइन। यो अवधिमा सङ्गठनले केही गरेन भन्ने पनि होइन। आइएलओले तथ्यमा आधारित भएर श्रम बजार र श्रमिकका मुद्दालाई उजागर गर्दछ। समस्या परेका ठाउँमा गाँठाहरू फुकाउन सम्बन्धित देशले सङ्गठनप्रति जनाएको प्रतिवद्धता अनुरूप त्यहाँको कानूनलाई सुधार गर्दै सङ्गठनको परिकल्पनालाई साकार पार्नु विश्व समुदायको कर्तब्य हो।

विश्वमा भएका द्वन्द्वका घटना विश्व श्रम बजारलाई प्रभावित पार्ने प्रमुख कारक मान्ने गरिन्छ। श्रमिकको अधिकारको हनन्का मुद्दा, कामदारको श्रम शोषण वा अन्य अधिकारका लागि संगठनले सम्बन्धित कम्पनी वा फर्मसँग समन्वय गरी काम गर्छ। कतिपय देश र त्यहाँ सञ्चालनमा रहेका सरकारी तथा निजी उद्योग, कम्पनी वा फर्मले आफूलाई केन्द्रित गरेर कानूनहरूको व्याख्या गर्ने प्रचलन आज पनि रहेको देख्न सकिन्छ। यसैका कारण कुनै पनि सङ्गठनले लिएको निर्दिष्ट लक्ष्य प्राप्त गर्न सफलता पाउन कठिनाई पर्ने गर्छ। यद्यपि सङ्गठनले लिएका उद्देश्य र विकासको समयक्रमसँगै स्वस्फूर्तरूपमा बनेका आधारभूत सिद्धान्तले विश्वको श्रम बजारलाई निर्देशित गर्छ सुधारका लागि उत्प्रेरित गर्छ।

विश्वमा अहिले रोजगारी पाएर पनि गरिबीको रेखामूनि रहेको जनसङ्ख्या जम्मा आठ प्रतिशत छ भने करिब ५५ प्रतिशत जनसङ्ख्याले कुनै पनि प्रकारको सामाजिक सुरक्षाको सेवा प्राप्त गर्न सकेको छैन। विश्वमा २७ प्रतिशत महिलाले व्यवस्थापकीय जिम्मेवारी पाएका छन्। सन् २०१८ को तथ्याङ्क अनुसार विश्वको श्रम उत्पादकत्व करिब तीन प्रतिशतले वृद्धि भएको छ। विश्वमा लिङ्गका आधारमा श्रमिकलाई दिइने पारिश्रमिकको अन्तर औषतमा १९ प्रतिशत रहेको छ। खासगरी उद्योग तथा उत्पादनका क्षेत्रमा महिला र पुरूषको ज्याला निर्धारण वैज्ञानिक तरिकाले नहुँदा श्रम बजारमा लैङ्गिक विभेद्का कुरा टड्कारो रूपमा उठ्ने गरेका छन्।

दीगो विकास लक्ष्यको पछिल्लो तथ्याङ्क अनुसार विश्वको वेरोजगार दर पाँच प्रतिशत रहेको छ। विश्वका २१ प्रतिशत युवाले रोजगारी, शिक्षा र तालिमका अवसर पाउन सकेका छैनन्। १० प्रतिशत बालबालिका श्रमिकका रूपमा प्रयोग भएका छन् भने विश्वको १४ प्रतिशत जनसङ्ख्या निर्माणका क्षेत्रमा काम गर्छन्। विश्वको ५२ प्रतिशत श्रमिकले कामको पारिश्रमिक पाउने गरेका छन्। कृषि र निर्माणका क्षेत्रमा काम गर्ने श्रमिकको ज्याला नगन्य हुनेगरेको छ। जसका कारण श्रमिकले आफूहरू ठगिएको महशुस गर्ने गर्छन्।

विश्वमा पाँच अर्ब ६६ करोड जनसङ्ख्या काम गर्न योग्य रहेको छ। यसको ६१ प्रतिशत रोजगार छन् भने ३९ प्रतिशत निष्क्रिय छन्। जनसङ्ख्या दर अनुसार विश्वको रोजगार दर ५८ प्रतिशत रहेको छ। तीन अर्ब ३० करोड जनङ्ख्याले सानो ठूलो रोजगारका अबसर पाएको छ।

करिब दुई अर्ब ७२ करोड व्यक्ति वेरोजगार छन्। हरेक १० रोजगार व्यक्तिले बालबालिका, वेरोजगार र बुढाबुढी गरी १३ जनालाई हेनुपर्ने बाध्यता रहेको छ। वेरोजगार युवाको जनसङ्ख्या १२ प्रतिशत रहेको छ। विश्वमा कृषि कामदारका रूपमा झण्डै एक अर्ब जनसङ्ख्याले काम गर्छ।

विश्वको २८ प्रतिशत कृषि क्षेत्रमा रोजगार छन् भने २३ प्रतिशत औद्योगिक र ५२ प्रतिशतले निजी तथा सरकारी कर्मचारीका रूपमा जागिरे छन्। यसको ४८ प्रतिशत स्वरोजगार जनसङ्ख्या छ। तीन प्रतिशत रोजगार व्यक्ति रोजगारदातासमेत छन्।

Ncell 2
Ncell 2
nimb
nimb

सन् २००८ पछि सन् २०१७ सम्म आइपुग्दा श्रमिकको पारिश्रमिकमा १.८ प्रतिशत मात्रले वृद्धि भएको छ जबकी महङ्गीले वर्षेनी हरेक देशका नागरिकलाई ढाड सेक्ने गरेको छ। 

विश्वको जनसङ्ख्याको ४५ प्रतिशत हिस्साले कम्तीमा एउटा सामाजिक सुरक्षाको लाभ लिन्छ। यो दर अफ्रिकामा सबैभन्दा कम १८ प्रतिशत, अमेरिकामा ६८ प्रतिशत, एशिया र प्रशान्त क्षेत्रमा ३९ प्रतिशत छ भने मध्य एशिया र यूरोपमा सबैभन्दा बढी ८४ प्रतिशत रहेको छ। 

विश्वमा आप्रबासी कामदारको सङ्ख्या १६ करोड चालीस लाख रहेको तथ्याङ्क छ। सन् २०१६ को तथ्याङ्क अनुसार आधुनिक दासका रूपमा चार करोड व्यक्तिले विश्वका विभिन्न स्थानमा काम गरिरहेका छन्। यसमध्ये महिला र बालिका (किशोरी) ७१ प्रतिशत रहेका छन्। सन् २०१६ सम्ममा प्रति हजार जनसङ्ख्याको करिब पाँच व्यक्ति आधुनिक दासका रूपमा बाँच्न बाध्य रहेका छन्।

विश्वमा करिब १५ करोड २० लाख बालबालिका बाल श्रमिक छन्। ७३ अर्ब बालबालिकाले जोखिमयुक्त काम गर्छन् भने ७१ प्रतिशत बाल श्रमिकले कृषि क्षेत्रमा काम गरिरहेका छन्।

Xtrem

Xtrem

पाँच देखि १४ वर्ष उमेर समूहका बालिकाहरूले बालकको तुलनामा प्रत्येक दिन ४० प्रतिशत बढी समय विना पारिश्रमिक घरेलु काम गर्ने गर्छन्। यसलाई यो विश्वव्यापीरूपमा हेर्दा कुल जनसङ्ख्याको १६ करोड हुन्छ।

विश्वमा महिलाले गर्ने काम पुरूषको तुलनामा पारिश्रमिक र विना पारिश्रमिक गरी प्रतिदिन औषतमा ४४ मिनेट रहने गरेको छ तर पुरूषले महिलाको तुलनामा पारिश्रमिक लिएर गर्ने कामका लागि १३९ मिनेट बढी खर्च गर्ने गर्छ। रासस

प्रकाशित मिति: बुधबार, पुस १६, २०७६  ०६:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार रोबर्ट हल र माइकल उडफोर्डलाई
गगन थापासँग प्रतिस्पर्धा गरेका खड्गी भन्छन् : मेरो उम्मेदवारी आन्तरिक लोकतन्त्र बलियो बनाउन थियाे
मुगु पहिरो अपडेट: पुरिएका जेसीभी चालकको मृत्यु, सहचालक सामान्य घाइते
सम्बन्धित सामग्री
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार रोबर्ट हल र माइकल उडफोर्डलाई रोयल स्वीडिस एकेडेमी अफ साइन्सेसले उनीहरूलाई ‘समष्टिगत आर्थिक स्थिरीकरणका व्यष्टिगत आर्थिक आधारहरू’ को खोज तथा विकासका लागि यो प्रति... सोमबार, असोज २६, २०८३
विश्वव्यापी गरिबी बढेर एक अर्ब २० करोड पुग्यो संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडीपी) को सोमबार सार्वजनिक प्रतिवेदनअनुसार विश्वभर तीव्र गरिबीमा बाँचिरहेका मानिसको सङ्ख्य... सोमबार, असोज २६, २०८३
जिबुटीको तटमा डुङ्गा दुर्घटनाः १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता संयुक्त राष्ट्रसङ्घको अन्तरराष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम) ले आइतबार उक्त जानकारी दिएको हो। आइतबार, असोज २५, २०८३
ताजा समाचारसबै
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार रोबर्ट हल र माइकल उडफोर्डलाई सोमबार, असोज २६, २०८३
गगन थापासँग प्रतिस्पर्धा गरेका खड्गी भन्छन् : मेरो उम्मेदवारी आन्तरिक लोकतन्त्र बलियो बनाउन थियाे सोमबार, असोज २६, २०८३
मुगु पहिरो अपडेट: पुरिएका जेसीभी चालकको मृत्यु, सहचालक सामान्य घाइते सोमबार, असोज २६, २०८३
कांग्रेस बदल्ने हुटहुटी पदमा सीमित छैन, मेरो अभियान निरन्तर जारी रहन्छ : नैनसिंह महर सोमबार, असोज २६, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? आइतबार, असोज २५, २०८३
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढी : पाँच जिल्लामा सतर्कता अपनाउन आग्रह आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्