काठमाडौं- विधिवत रूपमा आजबाट ‘भिजिट नेपाल नेपाल २०२०’ अर्थात् नेपाल भ्रमण वर्ष सुरु भएको छ। भ्रमण वर्ष २०२० को उद्घाटन कार्यक्रम भने औपचारिक रूपमा दिउँसो ४ बजे दशरथ रंगशालाबाट हुँदैछ।
रंगशालामा हुने भव्य समारोहबाट भिजिट नेपाल २०२० को उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने तय भएको छ। समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्नेछन्। उद्घाटन समारोहमा उपराष्ट्रपति, प्रधानन्यायाधीश, राष्ट्रिय सभामा अध्यक्ष, नेकपा अध्यक्ष, प्रमुख प्रतिपक्ष दलमा नेता, विभिन्न राजनीतिक दलका शीर्ष नेता, सांसद, प्रधानसेनापति, नेपाल प्रहरीका महानिरीक्षक, सशस्त्र प्रहरीका महानिरिक्षक, पर्यटन व्यवसायी तथा आम जनसमुदायको उपस्थितमा उद्घाटन कार्यक्रम हुने भएइको छ।
यसका साथै उद्घाटन कार्यक्रममा भारत, चीन, लगायत ५ भन्दा बढी देशका पर्यटनमन्त्रीको समेत उपस्थिति हुने बताइएको छ। उद्घाटनको लागि भिजिट नेपाल २०२० को सचिवालयले २ करोडभन्दा बढी रकम खर्च गर्ने तयारी गरेको छ। काठमाडौंबाहेक पनि सातै प्रदेशमा एकैपटक भिजिट नेपाल २०२० को उद्घाटन हुने भिजिट नेपाल २०२० का राष्ट्रिय संयोजक सुरज वैद्यले जानकारी दिए। उनका अनुसार उद्घाटनको सबै तयारी पूरा भएको छ भने समारोहमा सहभागी हुन आउने विदेशी पाहुना पनि नेपाल आइसकेका छन्।
शेरबहादुर देउवा नेतृत्वको सरकारले २ वर्ष अगाडि नै २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाउने निर्णय गरेको थियो।
सरकारले भिजिट नेपाल २०२० लाई 'लाइफटाइम एक्सपेरियन्स'को नारासहित अभियानका रुपमा मनाउन लागेको हो। भिजिट नेपाल २०२० लाई मास टुरिजमको अवधारणामा मनाउने सरकारको तयारी छ। पर्यटनको आधार वर्षका रूपमा यो वर्षलाई लिँदै एक दशकसम्म यो अभियानलाई निरन्तरता दिने गरी सरकार अगाडि बढेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले बताउँदै आएका छन्।
.jpeg)
देशको अर्थतन्त्रको मुख्य आधार नै पर्यटन भएको र जिडिपीमा यसको हिस्सा बढाउने लक्ष्य अगाडि सारेको छ। यसअघि सरकारले सन् १९९८ र २०११ मा पनि यस्तै अभियान सञ्चालन गरेको थियो। सरकारले १५औं पञ्चवर्षीय योजनाको अन्त्यसम्ममा जिडिपीमा पर्यटन क्षेत्रको योगदान १० प्रतिशत पुर्याउने लक्ष्य लिएको छ। हाल जिडिपीमा पर्यटन क्षेत्रको योगदान ३ प्रतिशत मात्र रहेको छ। यसका साथै सरकारले पर्यटकको खर्च र बसाई अवधिसमेत बढाउने काममा पनि जोड दिँदै आएको छ।
के सम्भव होला २० लाख पर्यटक?
सरकारले भिजिट नेपाल २०२० को अभियान मनाउँदै पर्यटक संख्या पनि २० लाख पुराउने लक्ष्य लिएको छ। तर, यसका लागि भने थुप्रै चुनौती पनि छन्। सन् २०१९ मा नेपाल भ्रमणमा आएका पर्यटकको संख्यामा करिब ६० प्रतिशत थप पर्यटक भित्र्याउन त्यति सहज छैन। नेपाल पर्यटन बोर्डका निवर्तमान सिइओ दीपकराज जोशीका अनुसार सामान्य अवस्थामा सन् २०२० मा नेपाल भ्रमणमा आउने पर्यटकको संख्या साढे १२ लाखको हाराहरीमा पुग्ने जनाएका छन्।
.jpg)
यसका आधारमा २०२० मा २० लाख पर्यटक पुर्याउन ६० प्रतिशतको वृद्धिदर आवश्यक पर्ने देखिएको छ। यसका लागि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पनि सञ्चालनमा आउनुपर्ने चुनौती थपिएको छ। सरकारले पनि २०७७ को वैशाखदेखि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन ल्याउने तयारी गरेको छ। साथै पर्यटकको खर्च र बसाई अवधि बढाउनुपर्ने अर्को चुनौति पनि छ।
सन् २०१८ मा नेपाल भ्रमणमा आउने पर्यटकको प्रतिदिन खर्च ४४ डलर र बसाई अवधि १२ दशमलव ६ दिन मात्रै रहेको छ। सन् २०१८ को तुलनामा सन् २०१९ मा नेपाल भ्रमणमा आउने पर्यटकको संख्या पनि ९ प्रतिशतको हाराहारीमा मात्रै वृद्धि भएको अवस्था २० लाख पर्यटय नेपाल भित्र्याउने लक्ष्य पूरा गर्नु चुनौतीपूर्ण छ।
के भन्छन् पर्यटनमन्त्री भट्टराई?
पर्यटनमन्त्री भट्टराइका अनुसार नेपालमा आउने पर्यटकको वार्षिक वृद्धिदर उत्साहजनक छ। अहिले २०१९ को अन्त्यमा पुग्दा पनि १३ लाखभन्दा बढी पर्यटकको आगमन भएको र यही अवस्थाबाट वृद्धि हुँदै जाँदा पनि १५ देखि १६ लाख पर्यटक भित्र्याउन ठूलो चुनौती नभएको मन्त्री भट्टराईको भनाइ छ। उनका अनुसार नियमित प्रक्रियाबाट आउने पर्यटकको संख्यामा ४ लाख थप्नु पर्छ। नेपालबारे अन्तर्रा्ष्ट्रिय बजारमा परिचय राम्रै रुपमा भएको र ठूलाठूला अन्तर्रा्ष्ट्रिय मेला, महोत्सव, प्रदर्शनीहरुमा विगतभन्दा परिस्कृत गरिएकाले यो संख्या ठूलो चुनौतीपूर्ण नभएको मन्त्री भट्टराईको भनाइ छ। 'जसरी अन्तर्रा्ष्ट्रिय भ्रमणहरु एकपछि अर्को हुँदै छन्। उच्च स्तरको भ्रमणका साथै नेपालका राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीस्तरबाट विभिन्न देशको भ्रमण भइरहेको छ। त्यसले दुई पक्षीय र बहुपक्षीय मञ्चमा आफ्नो उपस्थिति बढाएको छ। यसबाट पर्यटक बढाउन सहयोग पुग्छ,' भट्टराईले भनेका छन्। थप उनकै शब्दमाः
हामी मन्त्रालय, पर्यटन बोर्ड, भ्रमण वर्ष सचिवालयले जसरी काम गरिरहेका छौं। यसलाई हेर्दा हामी २०२० मा नेपाल आउने पर्यटकको संख्या २० लाख पुर्याउन सक्छौं भने मलाई आत्मविश्वास छ।
हामीले पर्यटकले गर्ने खर्च र बसाई अवधि लम्बाउने विषयमा योजनाविद्, बुद्धिजीवीसँग बसेर छलफल पनि गरेका छौं। अझै छलफल पनि हुन्छ। यसले हाम्रो अर्थतन्त्रमा के असर परेको छ। त्यो हेर्नु पर्छ। तर, सँगैसँगै हामीले एउटा कुरा बुझ्नुपर्छ कि, हामी अहिले मास टुरिजमको अवधारणाबाट जाँदै छौं। यस्तो अवस्थामा कुन बेला एउटा यस्तो समय आउँछ त्यतिबेला हामीले मासमा नभई गुणस्तरीय पर्यटकमा जोड दिनु पर्छ।
.jpg)
अहिले मासमा बढी जोड दिएका छौं। गुणस्तरको विषयलाई पनि सँगसँगै ध्यान दिएका छौं। किन कि अहिले नेपालको बारेमा अन्तर्राष्ट्रिय जगतमा जति जानकारी हुनुपथ्र्यो, त्यो भइसकेको छैन।
अहिलेको समय भनेको जाल थाप्ने समय हो। हामी खोलामा माछा मार्न जाँदा हान्छौं, त्यहाँ माछाबाहेक त अनेक सबै आउँछन्। तर, पछि यस्तो समय आउँछ कि खास मार्केटमा सप्लाई हुन सक्ने र त्यसबाट नाफा हुने सक्ने माछामात्रै झिक्नु पर्ने हुन्छ।
हाम्रा नागरिक उपचार गर्न बैंकक, सिंगापुर, भारत तथा युरोप अमेरिका जाने गरेका छन्। यसबाट हाम्रो धेरै ठूलो रकम विदेश गएको छ। एउटा त यसरी बाहिरिने रकम यही रोक्नुपर्ने छ। विशिष्ट सेवा दिनका लागि तयारी गर्नु पर्ने हुन्छ। अर्कातिर कतिपय यस्ता स्थापित पक्ष छन् नेपालमा। तर, यसको लाभ हामीले लिन सकेका छैनौं। जुन विषयले अन्तर्राष्ट्रिय जगतमा पनि स्वास्थ्य पर्यटनलाई विकास गराउन सकिन्छ।
के भन्छन् बोर्डका निवर्तमान सिइओ जोशी?
भिजिट नेपाल २०२० का लागि ४ पक्षमा (एरिया अफ फोक्स)मा केन्द्रित भएर काम गरेको बोर्डका निवर्तमान सिइओ दीपकराज जोशीले बताए। 'एउटा पूर्वाधारको विकास हो। दोस्रो छुट, तेस्रो जनचेताना जगाउने र चोथौं पर्यटन प्रवर्द्धनको विषयमा केन्द्रित छौं। ४ वटा पाटो मध्ये पर्यटन प्रवर्द्धनमा हामीले व्यापकताका साथ प्रचारप्रसार गरेका छौं। सन्देश प्रवाह गर्ने काम सफलताका साथ भएको छ,' जोशीले भने।
सन्देशका हिसाबले भन्नु पर्दा लामो समयदेखि एउटा पर्वतीय गन्तव्यको छवी बनाएको, खाली नेपालमा सहासिक पर्यटनका गतिविधि मात्रै हुन्छन् भनी भइरहेको प्रचारप्रसारलाई अन्य पक्षहरुबाट पनि चिनाउने गरी प्रवर्द्धनका कार्यक्रमसमेत भएको र जारी रहने उनको भनाइ छ। 'चार्डपर्व, रितिरिवाज, कला संस्कति, हेरिटेज, वाइड लाइफ जस्ता विषयहरुलाई पनि बढीभन्दा बढी हाइलाइट गर्ने काम भइरहेको छ। यसबाट नै नेपालको पर्यटन क्षेत्रबाट बढीभन्दा बढी आर्थिक लाभ लिन सकिन्छ भने आधारमा लाइफ टाइम एक्सपेरियन्सको नारासहित प्रचारप्रसारको काम भइरहेको छ,' उनले भने। थप उनकै शब्दमाः
अहिले हामीले कन्जुमर फोक्स, डिजिटल फर्म्याट र ट्रेड फोक्सलाई सँगसँगै आक्रमक रुपमा प्रचारप्रसार र प्रवर्द्धनको काम गरिरहेका छौं। ट्रेड फोक्समा ठूलाठूला ट्राभल मार्टहरुमा नेपालका निजी क्षेत्रलाई सँगसँगै लिएर विजनेश कन्ट्रर्याक्ट गर्ने काम गरिरहेका छौं। कन्जुमरको केशमा चाइनाको सी ट्रिप डट कम, लोल्लनी प्लान्टजस्तो प्लेट फर्महरुसँग सहकार्य गरिरहेका छौं। मास मिडियामा बीबीसी र सीएनएनमा पनि छिट्टै प्रचारको कामका गरेका छौं। यसबाट पनि लक्ष्य पुरा हुनमा हामी आशावादी छौं।
ओला क्याप (भारतको राडिङ प्लेटफर्म), चाइनाको डिडी क्याप र लन्डनको बस र मेट्रो ब्रान्डिङबाट पनि प्रवर्द्धनको काम गरिरहेका छौं। डिजिटल प्लेट फर्ममा नेपालको भिजिबिलिटी बढाइरहेका छौं। यसको साथै नेपाली डाइसपोराहरुलाई मुभिलाइज गर्ने, कूटनीतिक नियोगको सहयोगमा प्रवर्द्धन गर्ने काम पनि भएको छ। यस्ता काम २०२० भरी नै जारी रहने छन्।

जुन हाम्रो २० लाख पर्यटकको लक्ष्य छ। उनीहरुलाई इन्गेज गर्ने, देखाउने, घुमाउने प्रोडक्ट पनि पूर्णरुपमा नै छ। चुनौती भनेको एउटा आधारभुत पूर्वाधारको अवस्थमा विमानस्थल, मेजर केही गन्तव्यको सडक र नेपालसँगको पहुँच मार्ग हो। एभिएनसको एउटा ठूलो चुनौती नै छ। त्यसमा हामीले हेर्दा खेरि रन(वे पीच परिर्वतनको काम सकिएको छ। अबको १५र२० दिनपछि विमानस्थल २४ घन्टा नै सञ्चालन योग्य बन्दै छ।
नयाँ दुईवटा ठूला जहाज पार्किङ वे पनि थपिदै छ। लुम्बिनीको गौतम बुद्ध अन्तर्रा्ष्ट्रिय विमानस्थल २०२० को मार्चपछि अपरेशनमा आउने अवस्थमा छ। यी दुईवटा काम पूरा भएपछि विदशेसँगको पहुँच विकासमा पनि ठूला आधार खडा हुने आशा छ। हरेका दिन अहिले अन्तर्रा्ष्ट्रिय उडान गरिरहेका भन्दा १५ वटा जति उडान थपिएको अवस्थामा हाम्रो २० लाख पर्यटक भित्र्याउने लक्ष्य पुरा हुने अनुमान गरेको छौं। आशा गरौं पूरा हुन्छ।
मुख्य गन्तव्यका सडक मर्मतका लागि मन्त्रालय र मन्त्रीको तर्फबाट पहल भइरहेको छ। आशा गरौं ३ देखि ५ महिनामा एक गन्तव्यबाट अर्का गन्तव्यमा जोडिने सडकहरुमा सुधार आउने छ। यसरी हामीले ४ वटै क्षेत्रमा फोकस दिएर काम गरिरहेका छौं।
सबैभन्दा पहिलो विषय त पूर्वाधारमा उल्लेख सुधार नभएको अवस्थमा हामीलाई लक्ष्य भेटाउन चुनौती पनि छ। तर, प्रगति राम्रो छ। करिब १५ देखि १६ वटा विमानको दैनिक उडान संख्या थपिदा हामीलाई हाम्रो लक्ष्य भेटाउन सहज हुन्छ।
अहिले काठमाडौंको त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल २१ घन्टा सञ्चालनमा छ भने पनि १६ देखि १७ घन्टा सञ्चालन भइरहेको छ। यसकालाई तत्काल नै २१ घन्टा पूर्ण रुपमा सञ्चालन गर्न सकेको अवस्था ८ देखि १० वटा उडान संख्या थप हुनेछ। योसँगै गौतम बुद्धमा पनि २०२० भित्रै केही एयरलाइन्सबाट अन्तर्राष्ट्रि उडान हुन्छ।
यसरी पनि २० लाख पुग्छ भन्ने हाम्रो अनुमान हो। तर, २० लाख संख्या मात्रै हाम्रो ठूलो लक्ष्य हैन। हाम्रो लक्ष्य त संख्यासँगै गुणस्तरीय पर्यटक नेपाल ल्याउने र बढी भन्दा बढी आम्दानी गर्ने हो। साथै हामीहरुले २०२० लाई आधार वर्षको रुपमा लिँदै आगामी १० वर्षसम्म यसलाई कायम राख्ने हो। हाम्रो एउटै लक्ष्य हो। नेपालाई छिट्टो भन्दा छिट्टो आर्थिक रुपमा सबल बनाउने हो। देशलाई सबैभन्दा छिट्टो आर्थिक रुपमा सबल बनाउने क्षेत्र पनि पर्यटन नै हो। किन कि कम लगानीमा छिट्टो भन्दा छिट्टो आयआर्जन गर्न सकिने, रोजगारीको अवसर सिर्जना गर्न सक्ने क्षेत्र नै पर्यटन हो। यस कारण २०२० हाम्रो लागि तयारी र सुरुको वर्षसमेत बन्दैछ। यसकालाई १० वर्षसम्म निरन्तर रुपमा विकास गर्दै लैजाने हो। यो अवधिमा पूर्वाधारर नयाँ गन्तव्यको विकास गर्दै लैजाने हाम्रो योजना र लक्ष्य छ।
तयारी हेर्दा अहिल नै हामी पूरै सन्तोषजनक अवस्था छौं त म भन्दिनँ तर २० लाख पर्यटकको लक्ष्यसहित महत्वपूर्ण वर्षको रुपमा प्रचार गर्दै छौं। विश्वका हातमा गन्न सकिने डाक्टरमध्ये हाम्रो सन्दुक रुइत पनि छन्। उहाँ त नेपालकै लागि गहना हो। यो खालको विज्ञतालाई प्रयोग गरेर नेपालमा स्वास्थ्य पर्यटनको क्षेत्रलाई बढाउनु पर्छ भने सोच हामीले बनाइरहेका छौं। यसको तयारी हामी गर्छौं।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।