काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले युरोपेली युनियन (इयू) को निर्वाचन प्रतिवेदनले नेपालको संविधान र नेपालीको स्वाभिमानमाथि प्रहार गरेको बताएका छन्।
इयूको प्रतिवेदनले जातीय, क्षेत्रीय र धार्मिक द्वन्द्व भड्काउने भन्दै केन्द्रीय सदस्य गुरुङले सामाजिक सञ्चार ट्विटरमार्फत कांग्रेस केन्द्रीय समिति बैठकले त्यसको कडा भर्त्सना गर्नुपर्ने उल्लेख गरेका छन्।
केन्द्रीय समितिको पहिलो दिनको बैठकमा इयू प्रतिवेदनमाथि पार्टीले भर्त्सना गर्नुपर्ने बताए पनि त्यसको सम्बोधन नभएको भन्दै गुरुङले असन्तुष्टि पोखेका छन्।
इयू प्रतिवेदनको सरकारले कडा शब्दमा आलोचना गरे पनि प्रमुख प्रतिपक्ष दल कांग्रेस मौन बस्दै आएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।