एजेन्सी– पछिल्लो समय फिल्म 'पद्मावत'मा उत्कृष्ट अभिनय गरेका अभिनेता रणवीर सिंह अहिले फिल्म 'गुली ब्वाई'का लागि खुब मेहनत गरिरहेका छन्। केही दिनअघि रणवीर मुम्बईको चर्चगेट रेलवे स्टेसनमा घुम्दै गरेको देखिए।
उनी त्यहाँ पुग्नुको खास कारण थियो, 'गुली ब्वाई'को सुटिङ। उक्त स्टेसनमा फिल्मका लागि करिब ५० जनाको टिम सहित पुगेका थिए रणवीर।
मध्याह्नको समय २ घन्टाको सुटिङ गरिएको उक्त दृश्य फिल्मको महत्वपूर्ण सिन हो। फिल्म आफ्ना लागि निकै महत्वपूर्ण रहेको रणवीरले एक अन्तर्वार्तामा बताएका छन्। फिल्ममा रणवीरका साथमा आलिया भट्ट देखिँदै छिन्। सुटिङपश्चात् रणवीर फिल्म 'सिम्बा'का लागि व्यस्त रहनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।