फोटो सम्पादक सारा गिल्बर्टद्वारा छनोट गरिएका उत्कृष्ट १० तस्वीर
अष्ट्रेलिया स्थित एक चर्चमा अन्धाधुन्ध गोली चली ५१ जनाको मृत्यु भएपछि चिन्तित मुद्रामा अष्ट्रेलियाली प्रधानमन्त्री जाकिन्दा आर्डेन। तस्वीर : किर्क हार्ग्य्रभस्
सगरमाथाकाे आरोहण गर्दै आरोहीहरू। तस्वीर : निर्मल पूर्जा
स्पेनिस कोस्टगार्डद्वारा अल्बोरन समुद्रको तटमा १ सय ३२ जना स्पेनिस आप्रवासीहरुलाई उद्धार गर्दै गर्दा। तस्वीर : जर्ज ग्वेरेरो
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी छोरी इभान्का ट्रम्प र उनका श्रीमान जारेद कुस्नर झ्यालमा राष्ट्रपति ट्रम्प आगमनको प्रतिक्षा गर्दै। तस्वीर : टिम रुक
चिल्लीको सेन्टियागो स्थित ‘सोसल अनरेस्ट चिली’ प्रदर्शनका बीच डरको वास्ता नगरी जीवनको अन्तिमप्रायः क्षणमा एकअर्कालाई चुम्बन गर्दै एक प्रेमिल जोडी। तस्वीर : चेरी गजम्यान
अफ्गानिस्तानमा ग्रिष्म ऋतुको प्रचण्ड गर्मीको समयमा परेको वर्षाबाट जोगिँदै एक बालक। तस्वीर : अलिसन जोयस्
समुद्रमा प्लास्टिकको बोतलभित्र जकडिएको एउटा गङ्गटो। तस्वीर : नोइल ग्वेभारा
हङकङमा भएको सरकार विरोधी प्रदर्शनमा सुरक्षाकर्मीले अन्धाधुन्ध गोली चलाउन लाग्दा रोक्न खोज्दै एक प्रदर्शनकारी । तस्वीर : लाम इक फाइ
जलवायू परिवर्तनका बारेमा सम्बोधन गर्दै ग्रेटा थंबर्ग। तस्वीर : एरिक डिमर्स
मेक्सिको हुँदै अवैध रुपमा अमेरिका जानेक्रममा रियो ब्राभो नदीमा डुबेर ज्यान गुमाएका साल्भाडाेरका ओस्कार अल्बर्टो मार्टिनेज रामिरेज उनकी २३ महिने छोरी भ्यालेरियाको शव। तस्वीर : रोयटर्स
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।