काठमाडौं– चैत्र ३० गतेबाट नेपालभर प्रदर्शनमा आउन लागेको फिल्म लिलिबिली यतिबेला देश दौडाहामा निस्किएको छ। प्रदर्शन मिति नजिकिँदै गर्दा काठमाडौं बाहिरका मुख्य सहरलाई केन्द्रमा राखेर फिल्म युनिट देश दौडाहामा निस्किएको हो।
युवा पुस्तामाझ लोकप्रिय बनेका अभिनेता प्रदीप खड्का, अभिनेत्री प्रियंका कार्की, डेब्यु नायिका जसिता गुरुङ लागायतका कलकारको अभिनय रहेको फिल्मले मोफसलमा रहेका सञ्चारमाध्यम र दर्शककेन्द्रित कन्सर्टहरु आयोजना गरिरहेको छ।
यसै क्रममा फिल्म युनिटले सोमबार चितवनमा कन्सर्ट गर्यो। चितवनसँगै पोखरा, इटहरी, धरान, दमक लगायतका सहरमा समेत प्रमोसनल कार्यक्रममा फिल्म युनिट व्यस्त रहनेछ। सोमबार आयोजित चितवनको कार्यक्रममा हजारौं दर्शकको उपस्थिति थियो। युवास्टार प्रदीपको क्रेज पनि उतिकै देखिन्थ्यो। उनको यो चौथो फिल्म हो। फिल्म प्रेम गीत र प्रेम गीत २ बाट दर्शकमाझ उनी निकै रुचाइएका अभिनेता हुन्। कार्यक्रममा उनीसँग सेल्फी लिन फ्यानहरु निकै उत्साहित देखिन्थे।
फिल्मको मोफसल टुरमा प्रदीप, जसिता, फिल्मका निर्देशक मिलन चाम्ससँगै नेपाल आइडलका गायक प्रताप दास, गायक एसडी योगी र गायिका मेचु धिमाल लगायतका कलाकार सहभागी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।