काठमाडौं- नेपाली कांग्रेसको पौडेल समूहले पार्टीले बोलाएका २ बैठक बहिष्कार गर्ने निर्णय गरेको छ।
पार्टी केन्द्रीय कार्यालय सानेपास्थित वरिष्ठ नेता रामचन्द्र पौडेलको कार्यकक्षमा मंगलबार बसेको पौडेल समूहको बैठकले पदाधिकारी र केन्द्रीय समितिको बैठक बहिष्कार गर्ने निर्णय गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिए।
पार्टीले बुधबार पदाधिकारी बैठक बोलाएको छ भने बिहीबार केन्द्रीय समिति बैठक बोलाएको छ।
यसैगरी, पौडेल पक्षले पुस २१ मा जिल्ला सभापतिहरूको भेला बोलाई विधानका धारा निलम्बनलगायतका विषयमा राय/परामर्श लिनेसमेत निर्णय गरेको छ।
त्यसपछि बुद्धिजीवी,पूर्व केन्द्रीय सदस्यलगायत अन्यसँग पनि परामर्श लिँदै जाने निर्णय पौडेल पक्षको छ।
सो समूहले पार्टी संचालन तथा अन्य विषयमा पार्टीका सबै नेतासँग संवाद गर्न सकिने भएपनि निर्णायक वार्ता भने पार्टी सभापति शेरबहादुर देउवाबाहेक अन्यसँग नगर्ने निर्णय समेत गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।