वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी समकक्षी भ्लादिमिर पुटिनबीच टेलिफोन वार्ता भएको छ।
उनीहरुबीच दुई पक्षीय सम्बन्ध, साझा चासोका विषयसँगै क्षेत्रीय र अन्तर्राष्ट्रिय विभिन्न विषयमा कुराकानी भएको अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाईट हाउसले सोमबार जनाएको छ।
‘राष्ट्रपति भ्लादिमिर पुटिनले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई फोन गरेका थिए, रुसमा भएको आक्रमणमा सहयोग पुग्ने गरी सूचना उपलब्ध गराएकोमा पुटिनले ट्रम्पलाई धन्यवाद दिएका थिए,’ ह्वाइट हाउसद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ।
दुवै पक्षका प्रतिबद्धतालाई निरन्तरता दिँदै दुवै पक्षीय सम्बन्धका बारेमा छलफल भएको ह्वाइट हाउसले जनाएको छ।
रुसी संघीय सुरक्षा सेवाले सोमबार दिएको जानकारीअनुसार नयाँ वर्षको बिदाको बेलामा दुईओटा आक्रमण भएको थियो। रुसको दोस्रो ठूलो सहर सेन्ट पिटर्सबर्गमा भएको आक्रमण अमेरिकाले दिएको सूचनाका आधारमा गरिएको थियो।
पुटिनले ट्रम्पलाई क्रिसमस र नयाँ वर्षको उपलक्ष्यमा शुभकामना पनि दिएको स्थानीय समाचारमा जनाइएको छ। -रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।