काठमाडौं- काठमाडौं उपत्यकालगायत देशका मुख्य–मुख्य सहरी क्षेत्रमा घरभाडामा लिएर बस्ने व्यक्तिहरूको विवरण प्रहरी कार्यालयमा बुझाउन गृह मन्त्रालयले निर्देशन दिएको छ।
चोरी, डकैती, लुटपाट, बैंकिङ कसुरजस्ता आर्थिक अपराध, साइबर अपराध, यौनजन्य क्रियाकलाप तथा विस्फोटक पदार्थहरुको भण्डारण र प्रयोग गरी विध्वंसात्मक एवं अराजक गतिविधि गर्ने घटनाहरू हुने गरेकाले भाडामा बस्ने व्यक्तिको विवरण आद्यवधिक गर्ने गृह मन्त्रालयले निर्णय गरेको हो।
अपराधजन्य क्रियाकलापले समग्र शान्ति सुव्यवस्थामा गम्भीर असर पार्ने भएकोले भन्दै गृहले काठमाडौं उपत्यकालगायत देशका मुख्य मुख्य शहरी क्षेत्रहरुमा घरभाडामा दिने र लिने व्यक्ति, संस्था तथा कार्यालयले घरभाडामा दिंँदा र लिँदा घरमा बस्ने व्यक्तिहरुको विवरण बुझाउनु पर्ने जनाएको छ।
व्यक्ति र संस्था र कार्यालयको परिचय खुल्ने कागजातसहितको विस्तृत विवरण तथा जानकारी नजिकको प्रहरी इकाइमा अनिवार्य उपलब्ध गराउन र स्थानीय प्रहरी इकाइले पनि अनिवार्य रुपमा घरभाडामा बस्ने र छाड्नेहरुको विवरण नियमित एवं अद्यावधिक राख्ने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।