काठमाडौं– नेकपाका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीको विधान र विधिलाई कडाइका साथ लागू गर्न कमजोरी हुँदा पार्टी सङ्गठन गर्न समस्या भएको बताएका छन्।
नेकपा हेटौँडा उपमहानगरपालिका कमिटीले मंगलबार हेटौंडामा गरेको कार्यक्रममा उनले पार्टी एकीकरणको बाँकी काम पूरा गर्न सबै लाग्नुपर्ने बताए। उनले माक्र्सवादलाई नेपाल सुहाउँदो ढङ्गले लागू गरी समृद्धि ल्याउनुपर्ने पनि उल्लेख गरे।
त्यस अवसरमा उनले उपमहानगरपालिकाको १९ वटा वडा कमिटीका ६६५ सदस्यलाई पार्टी विधानबमोजिम शपथ गराएका थिए।
कार्यक्रममा प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशको राजधानी र नामको टुङ्गो लगाएपछि प्रदेशको विकास र समृद्धितर्फ लाग्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।