नयाँ दिल्ली (एजेन्सी)- बलिउड अभिनेत्री करिना कपुर खान अभिनयका साथै आफ्नो छरितो ज्यानका लागि परिचित छिन्। फिल्म उद्योगमा 'जिरो फिगर' को ट्रेन्ड सुरु गर्ने करिनाले २०१६ डिसेम्बरमा आमा बनिन् र केही महिनामै पहिलेकै छरितो स्वरुपमा फर्किइन्।
हालै करिनाले आफ्नो मनपर्ने फेसन डिजाइनर मनीष मल्होत्राका लागि सिंगापुरमा र्याम्पमा उत्रिइन्। ब्याकस्टेजमा खिचिएका केही तस्बिर करिनाकी निकट मित्र तथा अभिनेत्री अमृता अरोराले सोसल मिडिया इन्स्टाग्राममा सेयर गरेकी छन्। फोटोमा करिना निकै दुब्ली देखिएकी छन्। उनको छिनेको फिगर देखेपछि फ्यानहरुले विभिन्न टीका-टिप्पणी गरेका छन्।
तस्बिरको कमेन्ट सेक्सनमा मानिसहरुले उनलाई खाना खाने सुझाव दिएका छन्। एक जनाले लेखेका छन्, 'केही खाने गर।' अर्का टिप्पणीकर्ताले करिनालाई कुपोषित भनेका छन्
करिनाले 'सोनू के टीटू की स्विटी' मा अभिनय गरेका कार्तिक आर्यनसँग र्याम्पमा हिँडेकी थिइन्।
पछिल्लो पटक उनी फिल्म 'उडता पञ्जाब (२०१६)' मा देखिएकी थिइन्। छोरा तैमुर जन्मिएपछि पछिल्लो समय उनकै रेखदेखमा व्यस्त रहेकी करिना अहिले 'वीरे दी वेडिङ' मा पनि समय दिइरहेकी छन्। फिल्म यसै वर्षको १८ मे मा रिलिज हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।