काठमाडौं- विवेकशील नेपाली दलले उखु किसानको आन्दोलनप्रति ऐक्यवद्धता जनाएको छ।
'चिनी मिलबाट ६ वर्षदेखिको उखुको पैसा नपाएर अर्को बाली लगाउन समेत चरम आर्थिक संकट भोगिरहेका श्रमजीवी उखु कृषकहरुको आन्दोलनप्रति विवेकशील नेपाली दलको गम्भीर ध्यानाकर्षण भएको छ', पार्टी उपाध्यक्ष अजीता राईद्वारा मंगलबार जारी विज्ञप्तिमा भनिएको छ।
उसले उत्पादन लागतको तुलनामा निक्कै सस्तो दरमा चिनी मिलहरुलाई उखु बेच्नु पर्दा कृषकहरुलाई पीडा भइरहेको तथा वर्षौंसम्म चिनी मिलले उखुको बक्यौता मूल्य नदिएपछि मर्कामा परेको बताएको छ।
'चिनी मिलहरूको यस किसिमको लुटतन्त्रको अन्त्य गर्न नेपाल सरकार किन असक्षम भइरहेको छ? दशकौंदेखि नगदे बालीको रुपमा उखु खेती गरिरहेका कृषकहरूको पीडामा मल्हम लगाउन नसकेसम्म नयाँ पुस्तालाई कसरी व्यवसायिक कृषितर्फ आकर्षित गर्न सकिएला? कृषिप्रधान देश भन्ने अनि कृषकका यस्ता पीडा सम्बोधन नगर्ने हो भने कसरी कस्तो समृद्धि आउला?', विवेकशीलको प्रश्न छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।