नयाँ दिल्ली- भारतीय सेना प्रमुख जनरल बिपिन रावत सोमबार पहिलो चीफ अफ डिफेन्स स्टाफ (सिडिएस)का रूपमा नियुक्त भएका छन्।
जनरल रावतको कार्यकाल ३१ डिसेम्बरदेखि सुरु भएकाे छ। जुन अर्को आदेश नआएसम्म कायम रहनेछ। त्यस्तै, लेफ्टिनेन्ट जनरल मनोज मुकुंद नरवानाले मंगलबार २८औं सेना प्रमुखको रूपमा शपथ लिँदैछन्। जनरल बिपिन रावतको तीन बर्षे अवधि मंगलबार समाप्त हुँदैछ।
प्रधानमन्त्री नरेन्द्र मोदीले यसै वर्ष सिडिएस पदकाे घोषणा गरेका थिए। जनरल रावतले रक्षा मन्त्रालय र तीन सेनाको बीचमा संयोजकको रूपमा भूमिका खेल्ने छन्। रावतलाई पहिलो रक्षा प्रमुख (सिडिएस)को रूपमा आधिकारिक घोषणा गरिएको हाे।
उनकाे नामलाई देशको पहिलो सिडिएसको रूपमा छाप लगाइएको छ। सरकारले सोमबार यसको बारेमा जानकारी दिएकाे हाे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।