काठमाडौं– फिल्म ‘१२ मासे’ को ‘ढिक्के फुली’ बोलको पहिलो गीत सार्वजनिक भएको छ। अर्जुन पोखरेलको संगीत तथा सागर खरेलको शब्द रहेको गीतमा गायक कृष्ण पाण्डेको स्वर छ।
गीतको भिडियोमा जय किसन बस्नेत र पूजना प्रधानको अभिनय देख्न सकिन्छ।
फिल्ममा जय किसन र पूजना सँगै मरिचमान श्रेष्ठ (बल्छी धुर्वे), पुरण थापा, सोनिका बास्तोला, सबनम दाहाल, राधा श्रेष्ठ (राम प्यारी), प्रदीप पाठक (नक्कली प्रचण्ड) लगायतका कालाकारहरुको अभिनय छ।
प्रदीप पाठकको कथा तथा उनकै निर्माण रहेको फिल्मलाई लय संग्रौलाको निर्देशन गरेका छन्। फिल्म आउँदो जेठ ११ बाट प्रदर्शनमा आउनेछ।
भिडियाे-
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।