काठमाडौं– भरखरै निर्माण सकिएको नेपाली फिल्म ‘नरसिम्हा’को काठमाडौं र रौतहटमा च्यारिटी शो हुने भएको छ।
च्यारिटी शोबाट प्राप्त रकमको आधा प्रतिशत समाजसेवामा खर्चिने निर्माता मोनिका बस्नेतले बताइन्। प्राप्त रकमको आधा हिस्सा अपांग, असहाय, अशक्त बालबालिका तथा वृद्धको सहयोगार्थ खर्चिने बस्नेतको जानकारी दिइन्।
हलका लागि भने प्रदर्शन मिति तय भइसकेको छैन। बैसाखबाट च्यारिटी शो गरिएपछि दर्शकको प्रतिक्रिया लिएर प्रदर्शन मिति तय गर्ने निर्माण युनिटको तयारी छ।
गजेन्द्र रंजितको निर्देशन रहेको फिल्ममा किशोर खतिवडा, सञ्जय खतिवडा, नम्रता योगी, दुर्गेश थापा, नरेन्द्र केसी लगायतका कलाकारको अभिनय छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।