काठमाडौं- उपसभामुख शिवमाया तुम्बाहाम्फेफेले पार्टी संगठनबाट राजीनामा दिएकी छन्।
उपसभामुखमा निर्वाचित भएपछि उनले मंगलबार नेकपा एमालेको सदस्यसहित सबै पद र संसदीय दलको सदस्यबाट राजीनामा दिएकी हुन्।
चैत २ गते भएको उपसभामुखको निर्वाचनमा वाम गठबन्धनको उम्मेदवार तुम्बाहाम्फे निर्वाचित भएकी थिइन्। उनले नेपाली कांग्रेसकी पुष्पा भुसाललाई पराजित गरेकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।