बनेपा- काभ्रेको पनौतीमा स्वरसम्राट नारायण गोपालको स्मृतिमा गायक तथा सङ्गीतकार सुरेन्द्र श्रेष्ठले एकल गायन प्रस्तुत गरेका छन्। पनौती नगरपालिकाको सभाहलमा शनिबार आयोजित कार्यक्रममा दर्शकहरुको खचाखच भिडलाई गायक श्रेष्ठले मन्त्रमुग्ध बनाएका थिए।
नारायण गोपालको स्मृतिमा देशभर विभिन्न कार्यक्रम चलिरहेको अवस्थामा पनौतीमा पनि यसरी कार्यक्रम भएकोमा फिल्म निर्माता/निर्देशक यादव खरेलले खुसी व्यक्त गरे। प्रस्तुतिमा रौनकता र उत्साह रहेको भन्दै कवि दिनेश अधिकारीले आगामी दिनमा गायनलाई निरन्तरता दिन गायक श्रेष्ठलाई आग्रह गरे।
गायक श्रेष्ठले उत्साह थपिइरहँदा दर्शकबाट 'वान्स मोर'समेत पाएक थिए। 'एकल साङ्गीतिक कार्यक्रम २०७४' नाम दिइएको कार्यक्रमको आयोजना लसुन जोडीले गरेको हो। कार्यक्रमको सफलता र दर्शकको मायाले आगामी दिनमा अझ राम्रो काम गर्न प्रेरित गरेको संयोजक लक्ष्मण मातंछे (दोर्जे) ले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।