• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, जेठ २६, २०८३ Tue, Jun 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

मध्यपहाडी लोकमार्गको लम्बाइ १८७९ किलोमिटर पुग्यो, कात्तिकसम्म १२९ किमि पिच 

64x64
नेपाल लाइभ सोमबार, पुस १४, २०७६  १५:३०
1140x725

काठमाडौं- सरकारले मध्यपहाडी क्षेत्रलाई सडक सञ्जालले जोड्ने लक्ष्यसहित सुरु गरेको पुष्पलाल (मध्यपहाडी) लोकमार्गको लम्बाइ १८ सय ७९ किलोमिटर पुर्‍याएको छ। आयोजना सुरु गर्दा यो राजमार्ग १७ सय ७६ किलोमिटर लामो हुने अनुमान गरिएको थियो। विभिन्न आयोजनालगायतका कारण लम्बाइ बढेको आयोजना निर्देशनालयले जनाएको छ। 

तत्कालीन अर्थमन्त्री बाबुराम भट्टराईले २०६४/६५ मा तराईमा जस्तै मध्य पहाडी भूभागलाई राजमार्गले पूर्व–पश्चिम जोड्ने उद्देश्यले पहिलो पटक मध्यपहाडी (पुष्पलाल) लोकमार्गको रेखाङकन गरि बजेट विनियोजन गरेका थिए। भट्टराई नै २०६८ मा प्रधानमन्त्री भएका बेला उक्त लोकमार्गलाई राष्ट्रिय गौरवको आयोजना घोषणा गरेका थिए। 

१८ सय ७९ किलोमिटरमध्ये ४ सय ६२ किलामिटर सडक पहिले नै बनेकोमा त्यसलाई पनि जोडिएको मध्यपहाडी लोकमार्ग आयोजना निर्देशनालयका निर्देशक दिपक केसीले जानकारी दिए। पाँचथरको चिवाभञ्ज्याङबाट सुरु भई बैतडीको झुलाघाटसम्म मध्यपहाडी भूभागबाट जाने यो सडक दुई लेनको डेडिकेटेड ब्ल्याकटप हुने उनको भनाइ छ। ‘यो लोकमार्गमा पर्ने ४ सय ६२ किलोमिटर सडक पिच भइसकेको छ, जुन अन्य आयोजनाअन्तर्गत निर्माण भएका हुन्,’ केसीले भने, ‘गत कात्तिक मसान्तसम्मको आयोजना अन्तर्गतका कार्यालयको प्रगति विवरणअनुसार भने १ सय २९ किलोमिटर सडक पिच भएका छन्।’ 

आयोजनाको हालसम्मको भौतिक प्रगति ४२ प्रतिशत छ। विभिन्न भागमा आयोजना अन्तर्गतका ५ वटा कार्यालयले स्वतन्त्र रुपमा काम गरिरहेको उनले जानकारी दिए। २०७५ पुसमा मन्त्रिपरिषद्ले मध्यपहाडी लोकमार्गको पूर्वी र पश्चिमी खण्डलाई गाभेर निर्देशनालय बनायो। योसँगै पाचथर, काभ्रे, गोरखा, पर्वत र दैलेखमा गरि पाँच वटा कार्यालय स्थापना भएका छन्। सबै काम काठमाडौंबाट गर्नुपर्ने हुँदा काममा प्रभावकारिता कम भएको महसुस गरी सम्बन्धित स्थानमा नै कार्यालय बनाइ काम थालिसकेको निर्देशक केसीले बताए। उक्त कार्यालयहरुलाई ठेक्का लगाउनेदेखि सबै कामको आधिकारिक प्रत्यायोजन गरिएको उनको भनाइ छ।

 हाल पाँचथर कार्यालयले ३ सय ८६ किलोमिटर, काभ्रे कार्यालयले ३ सय ३५ किलोमिटर, गोरखा कार्यालयले २ सय ६० किलोमिटर, पर्वत कार्यालयले २ सय २४ किलोमिटर र दैलेख कार्यालयले ६ सय ५३ (हाललाई ४ सय १०) किलोमिटर सडकको काम गरिरहेका छन्। सुरुमा मध्यपहाडी लोकमार्ग पूर्वी खण्ड र पश्चिमी खण्ड गरि दुई भागमा विभाजन गरेर काम हुँदै आएको थियो। सहजीकरण र एकरुपताका लागि काठमाडौंमा रहेको निर्देशनालयले काम गर्ने र विभिन्न लोकेसनमा रहेका कार्यालयले फिल्डमा काम गर्दा त्यसको प्रगति राम्रो देखिएको निर्देशक केसीको अनुभव छ। 

nimb
nimb
Ncell 2
Ncell 2

आयोजना सकिने समय 

आर्थिक वर्ष २०६४/६५ बाट निर्माण सुरु भएको मध्यमहाडी लोकमार्ग आव २०७९/८० मा सक्ने लक्ष्य राखिएको छ। सो समयसम्ममा दुई लेनको १८ सय ७९ किलोमिटरको सडक निर्माण भइसक्ने आयोजना निर्देशनालयको दाबी छ। निर्देशनालयले मन्त्रिपरिषद्को निर्णय अनुसार ५ वटा कार्यालय स्थापना गरि काम गरिरहेकाले समयमै सकिने अवस्था आएको निर्देशक केसीको भनाइ छ। ‘नयाँ परिवेशअनुसार १ वर्षअघिदेखि काम भइरहेकाले त्यसैका आधारमा भएको कामको प्रकृति हेर्दा तोकिएको समयमा सकिनेमा हामी विश्वस्त छौं,’ उनले भने, ‘त्यसका लागि आवश्यक सबै सहजीकरण गर्न निर्देशनालयले आफ्नो तर्फबाट र नभए मन्त्रालयमार्फत् कामलाई तीव्रता दिने नै छ।’ 

मध्यमहाडी लोकमार्ग पहाडका २६ जिल्ला भएर जानेछ भने करिब १ करोड जनसंख्या लाभान्वित हुने अनुमान गरिएको छ। 

लोकमार्गको लम्बाइ अझ बढ्न सक्ने 

आयोजना सुरु गर्दा यसको लम्बाइ १७ सय ७६ किलोमिटर हुने रेखाङकन गरिएको थियो। तर विभिन्न ठाउँमा एलाइनमेन्ट परिवर्तन गर्दा यसको लम्बाइ १ सय ३ किलोमिटर बढेर १८ सय ७९ किलोमिटर पुगेको छ। यो लम्बाइ पछिल्लो डीपीआरअनुसार तय भएको हो। बनिसकेका सडकलाई लिइएको र यसअघि सडक बनाउने तय भएको स्थानमा आयोजनाहरु परेकाले कतिपय स्थानमा एलाइनमेन्ट परिवर्तन भएको आयोजना दिर्नेशक दिपक केसीले बताए। सुनकोसी र बुढीगण्डकी आयोजनाका कारण नेपालथोकदेखि गोरखाको पालुङटारसम्मको अलाइनमेन्ट परिवर्तन भएको हो। त्यसैले अन्य स्थानमा पनि आयोजना परे वा समस्या देखिए मध्यपहाडी लोकमार्गको लम्बाइ थपघट हुन सक्ने केसीको भनाइ छ।

हालसम्म विनियोजित बजेट मध्यपहाडी लोकमार्ग निर्माणका लागि सरकारले पहिलो पटक आव २०६४/६५ मा ३ करोड ९२ लाख रुपैयाँ विनियोजन गरेको थियो। त्यसवर्ष आयोजनाको पुँजिगत प्रगति ७९.१७ प्रतिशत थियो। त्यस्तै आव ०६५/६६ मा ३२ करोड ५२ लाख ६७ हजार पुँजिगत विनियोजन भएकोमा प्रगति ९०.७६ प्रतिशत भएको आयोजना निर्देशनालयले जनाएको छ। त्यस पछिका आवमा सरकारले मध्यपहाडी लोकमार्गलाई अर्बभन्दा बढी रकम विनियोजन गर्दै आएको छ। आव २०७४/७५ मा आइपुग्दा यो आयोजनालाई सरकारले ७ अर्ब ९४ करोड ८४ लाख ७३ हजार रुपैयाँ पुँजिगत विनियोजन गरेको थियो। उक्त आवमा आयोजनाको पुँजिगत प्रगति ९९ प्रतिशत भएको थियो। 

त्यस्तै आव २०७५/७६ मा आयोजनाको पुँजिगत विनियोजन ११ अर्ब ७२ करोड ७२ लाख रुपैयाँ थियो भने प्रगति ९८.७० प्रतिशत भएको थियो। हालसम्म मध्यपहाडी लोकमार्गमा ३९ अर्ब ९० करोड ६३ लाख ४३ हजार ९ सय २४ रुपैयाँ पुँजिगत खर्च भएको छ भने २४ करोड ३५ लाख १८ हजार ७ सय ३८ रुपैयाँ चालू खर्च भएको छ। चालू आवको बजेट र प्रगति चालू आव २०७६/७७ मा सरकारले मध्यपहाडी लोकमार्गलाई १२ अर्ब ११ करोड ४४ लाख रुपैयाँ विनियोजन गरेको थियो। मंसिर महिनाको अन्त्यसम्ममा आयोजनाले १ अर्ब ४५ करोड ५ लाख ९१ हजार रुपैयाँ खर्च गरेको छ। यसरी हेर्दा वित्तिय प्रगति ११।९७ प्रतिशत भएको आयोजनाले जनाएको छ।

प्रकाशित मिति: सोमबार, पुस १४, २०७६  १५:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रदेश र पालिकालाई कति अनुदान ? [सूचीसहित]
हर्कराज राईलाई ट्राफिक प्रहरीले गर्‍यो कारबाही
बजेटले सही दिशा समातेको छ,  कार्यान्वयन निर्णायक हुन्छः  अध्यक्ष श्रेष्ठ
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
प्रदेश र पालिकालाई कति अनुदान ? [सूचीसहित] सोमबार, जेठ २५, २०८३
हर्कराज राईलाई ट्राफिक प्रहरीले गर्‍यो कारबाही सोमबार, जेठ २५, २०८३
बजेटले सही दिशा समातेको छ,  कार्यान्वयन निर्णायक हुन्छः  अध्यक्ष श्रेष्ठ सोमबार, जेठ २५, २०८३
वीरगन्जका मेयर राजेशमानसहित ७ जनाविरुद्ध मुद्दा दायर सोमबार, जेठ २५, २०८३
अवैध असुलीको आरोपमा फरार रहेका तृणमूल कांग्रेसका नेता जहांगीर नेपाली सीमा नजिकबाट पक्राउ सोमबार, जेठ २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
आइतबारको सार्वजनिक बिदा हटाइने दाबीहरू निराधार रहेको सरकारको स्पष्टीकरण आइतबार, जेठ २४, २०८३
ओमानलाई सजिलै हराउँदै फाइनलमा पुग्यो नेपाल आइतबार, जेठ २४, २०८३
लिपुलेक-लिम्पियाधुरा नेपालको भूमि भएकाले भारत-चीनबीच एकतर्फी सहमति स्वीकार्य हुँदैन : परराष्ट्र मन्त्री खनाल आइतबार, जेठ २४, २०८३
रास्वपा सभापतिले बोलाएको सर्वदलीय बैठकमा ओली, प्रचण्ड, गगन र हर्क चारै नेता गएनन् सोमबार, जेठ २५, २०८३
सुनको भाउ घट्यो, आज कतिमा हुँदै छ कारोबार ? आइतबार, जेठ २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
आइतबारको सार्वजनिक बिदा हटाइने दाबीहरू निराधार रहेको सरकारको स्पष्टीकरण आइतबार, जेठ २४, २०८३
रड प्रहार गरी श्रीमतीको हत्या गर्ने 'नेपाली ब्रो' भनिने कुमार थापा पक्राउ शनिबार, जेठ २३, २०८३
ओमानलाई सजिलै हराउँदै फाइनलमा पुग्यो नेपाल आइतबार, जेठ २४, २०८३
सन्दीप, दीपेन्द्र र कुशल लंका प्रिमियर लिगमा अनुबन्धित सोमबार, जेठ १८, २०८३
टिकटकर तुलसा पुर्पक्षका लागि जेल चलान बिहीबार, जेठ २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्