बुटवल– झन्डै ८ वर्ष अगाडि बुटवलमा हत्या गरिएका व्यापारी दम्पत्ती रमेश र आस्था भण्डारी हत्याकाण्डका सुटर पक्राउ परेका छन्।
प्रहरीले हत्यामा सम्लग्न सुटर बुटवल सालझन्डीका अर्जुन गौतमलाई पक्राउ गरी सार्वजनिक गरेको हो। इन्टरपोलले गौतमका नाममा रेडर्कनर नोटिस जारी गरेको थियो।
सुटर गौतमलाई सुनौलीबाट पक्राउ गरिएको रुपन्देही प्रहरी प्रमुख एसपी श्याम ज्ञवालीले बताए। नेपाल आउनेक्रममा सूचनाका आधारमा पक्राउ गर्न सफल भएको ज्ञवालीले जानकारी दिए। इलाका प्रहरी कार्यालय बुटवलमा आइतबार पत्रकार सम्मेलन गरेर प्रहरीले मुख्य सुटरलाई सार्वजनिक गरेको हो।
भारतीय प्रहरीसँगको समन्वयमा उनलाई नेपाल ल्याइएको एसपी ज्ञवालीले उल्लेख गरे।
गौतमसहित ४ जनाको समूहले २०६७ असार ९ मा बुटवलको जेसिजचोकमा भण्डारी दम्पत्तिमाथि गोली हानेका थिए। आशालाई १ र रमेशलाई २ राउन्ड गोली हानेर यो समूहले ५ लाख १८ हजार रुपैयाँ रकम लुटेको थियो। घटनामा संलग्न दुई जना अहिले पनि जेलमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।