काठमाडौं – चैत्र ३० गतेबाट नेपालभर प्रदर्शनको तयारीमा रहेको फिल्म ‘लिलिबिली’को तेस्रो तथा अन्तिम गीत ‘हावा सरी’ सार्वजनिक भएको छ। आइतबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी फिल्म युनिटले गीत सार्वजनिक गरेको हो।
एस.डि. योगीको संगीत तथा एस.डि. योगी र मेनुका पौडेलको स्वर रहेको गीतमा गीतकार दिपेन्द्र घिमिरेको शब्द रचना रहेको छ। सार्वजनिक गीतको भिडियोमा युवास्टार प्रदीप खड्का र नायिका प्रियंका कार्कीको प्रेमाभास झल्किएको देख्न सकिन्छ।
लभ ड्रामा जनरामा तयार भएको फिल्मलाई मिलन चाम्सले निर्देशन गरेका हुन्। सुदिप बरालको छायांकनमा तयार फिल्ममा प्रदीप र प्रियंकका अलावा ड्रेब्यु नायिका जसिता गुरुङ, अनुप विक्रम शाही, सबिन श्रेष्ठ, मनिष श्रेष्ठ लागायतका कलाकारहरुको अभिनय रहेको छ।
गीतकाे भिडियाे
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।