• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

प्रधानमन्त्रीले भारत भ्रमणअघि नै किन जोड दिए पार्टी एकतामा?

64x64
नेपाल लाइभ आइतबार, चैत ११, २०७४  १३:०५
1140x725

नेपालमा कम्युनिष्ट पार्टी गठनको मितिलाई ध्यानमा राखेर अप्रिल २२ मा पार्टी एकता गर्ने तयारीमा रहेका एमाले र माओवादी त्यसअघि नै प्रक्रियालाई अन्तिम रुप दिन कस्सिएका छन्।

प्रधानमन्त्री ओलीको प्रस्ताव पाएपछि शनिबार बसेको माओवादी हेडक्वार्टर बैठकले पनि प्रधानमन्त्रीको भारत भ्रमणअघि नै एकता प्रक्रियालाई टुंगो लगाउनुपर्ने निश्कर्ष निकाल्यो।
प्रधानमन्त्री यही चैत्र २३ देखि २५ गतेसम्म भारत भ्रमणमा जाने चर्चा चलेको छ। 

तयारी मितिभन्दा अघि नै पार्टी एकता गर्न हतारिनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ। त्यसमा पनि 'भारत भ्रमण' अगाबै भन्ने शब्द प्रयोगले मानिसमा कौतुहलता जागेको छ।

तयारीको दुई वटा अर्थ हुनसक्छन्।

पहिलो, दिल्लीमा आफूलाई बलियो प्रधानमन्त्रीको रुपमा प्रस्तुत गर्ने प्रधानमन्त्रीको चाहना। भ्रमण अगाबै पार्टी एकता भएमा ‌प्रधानमन्त्रीको रुपमा आफ्ना कुरा दृढता र आत्मविश्वासका साथ राख्न सकिने उनको विश्लेषण हुनसक्छ। कमजोर गणितीय हैसियत भएका बेला भोगेको अप्ठ्यारा र भारतीय पक्ष हाबी भएर प्रस्तुत हुने व्यवहार उनलाई बिझेको हुनसक्छ।

एमाले र माओवादीबीच एकता भएपछि प्रतिनिधिसभामा एकीकृत दलका १ सय ७४ सिट हुने छ। त्यस्तै राष्ट्रियसभाका ५९ मध्ये उनीहरुका ४२ जना छन्।

एकता भएपछि संघीय संसदमा उनीहरुको २ सय १६ सिट हुने छ।

ठूलो पार्टीको अध्यक्ष मात्रै होइन, संसदमा ओलीले ७५ प्रतिशतभन्दा बढीको विश्वासको मत पाएका छन्। 'बलियो प्रधानमन्त्रीले चाहेमा आफ्नो प्रस्ताव राख्न र चित्त नबुझेका प्रस्ताव सहजै रोक्न सक्छन्', एकजना माओवादी नेताले भने, 'त्यसैले पनि बरु पहिले पार्टी एकता गरिहालौं भन्ने प्रधानमन्त्रीको चाहना हुनसक्छ।'

Ncell 2
Ncell 2
nimb
nimb

पार्टी एकतापछिको भ्रमणमा ओलीले अप्रत्यक्ष संकेत दिन सक्छन्– म सबैभन्दा ठूलो र संसदमा एकल बहुमतप्राप्त दलको अध्यक्ष र प्रधानमन्त्री हुँ। यो यथार्थलाई स्वीकार गर्नुहोस्। र, बराबरी हैसियत सम्झेर कुरा गर्नुहोस्।

त्यसो त, भारतीय पक्षले हिजो पार्टीगत रुपमा पनि सम्बन्ध बनाएको थियो। मुख्य दलहरु हुन् वा मधेस केन्द्रित दलहरु, उसले चाहेको बेला उपयोग गर्ने र नचाहेको बेला एक्ल्याउने गरेको थियो। कुनै बेला एमालेले नै र पछिल्लो समय माओवादी, कांग्रेस र मधेस केन्द्रित दलहरु उसको स्वार्थका सारथी भएको छिपेको छैन। र नेपालमा बेलाबेलामा हुने सत्ता परिवर्तनमा स्वदेश आवश्यकता भन्दा पनि भारतीय चासो हाबी हुने गरेकै हो। यसका लागि भारतीय पक्षले सधैं दलहरुको गणितमा छिद्र खोज्ने र त्यहीँ नेपाली नेताको महत्त्वाकांक्षाको बीउ रोप्ने गरेको थियो। एमाले र माओवादीबीच एकता हुनु भनेको भारतीयले देखिरहेको छिद्र टालिनु हो। यस्तो बेला भारतको 'जायज चासो' अब आफ्नो चाहना वा अग्रसरता बिना पूरा हुन नसक्ने ओलीले सन्देश दिन सक्नेछन्। सायद प्रधानमन्त्री ओली यही सन्देश दिन चाहन्छन्। 

दोस्रो कारण, पार्टी एकताअघि नै प्रधानमन्त्री भारत भ्रमणमा गए र कुनै कारणवश पार्टी एकता भएन भने त्यसको दोष उनैलाई लाग्ने पक्का छ। पार्टी एकता नहुने र दोष पनि ओलीलाई लाग्ने स्थितिमा माओवादीको 'बार्गेनिङ पावर' र 'प्रपोगाण्डा' बढ्न सक्छ।

नेकपा एमालेभित्र लामो समय प्रतिपक्षी नेताको भूमिका निर्वाह गरेका ओली भारतसँग नजिकको सम्बन्ध भएका नेताहरुमै पर्थे। उनको सम्बन्ध संविधान घोषणापछि बिग्रिन थालेको आम बुझाइ छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

तर पछिल्लो समय जब उनी चुनावमार्फत ठूलो पार्टीको शक्तिशाली नेताको रुपमा उदाए, त्यसपछि भने भारतीय पक्ष उनीसँग निकट सम्बन्ध बनाउनै खोजिरहेको देखिन्छ।

भारतसँग सम्बन्ध सुधार हुँदै गएका बेला भएको भारत भ्रमणपछि पार्टी एकतामा अवरोध आइदियो भने त्यसको संकेत सकारात्मक हुने छैन। 'त्यसो भइदियो भने ओलीको पुरानै छबिको पुनरावृत हुने छ', ती नेताले भने, 'उनको दोष भए पनि नभए पनि दोषी भने देखिने छन्। जनतामा अहिले देखिएको छबि पनि धुमिल हुनसक्छ।'

यद्यपि, भ्रमणको टुंगो लागिनसकेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताएका छन्। 'भारतीय विदेश मन्त्रालयलाई उद्दरण गरेर नेपाली सञ्चार माध्यमले समाचार सम्प्रेषित गरे। सम्भवत भारतले त्यो ढंगको तयारी गरिरहेको होला', शनिबार बिबिसी नेपालीसँग कुरा गर्दै मन्त्री ज्ञवालीले भने', 'तर ‍औपचारिक रुपमा नेपालले त्यो प्रस्ताव पारित गरेको, त्यो प्रस्तावमाथि छलफल भएको र हामीले निर्णय गरिसकेको अवस्था छैन।'

भारत भ्रमणको विषय चर्चामा आउनु तर परराष्ट्रमन्त्रीले त्यसप्रति अरुचि देखाउनुलाई पनि माथिकै सन्दर्भसँग जोड्न सकिन्छ। यसअघि चर्चा गरिएको जस्तै स्वभाविक रुपमै बैशाखमै एकता भयो भने त्यतिबेलाको भ्रमणले कुनै आशंका जन्माउने ठाउँ रहँदैन। पार्टी एकताको उत्साहमा हुने भ्रमणले चर्चा पनि थपिने छ। र पहिलो कारणको रुपमा माथि उल्लेख भएका सबलता ओलीमा निहित हुन्छन् नै।

तर अहिले भारतीय पक्षबाट चुहाइएको मितिमा उनी भ्रमणमा गएनन् भने उनका लागि नेपालमा थप माहोल बन्ने छ। कारण, भारतीयको इच्छा विरुद्ध अभिव्यक हुनुलाई नेपालमा राष्ट्रवादी भनिने वा अन्य खालका प्रशंसा गरिने प्रचलन छ। यो अवसर राष्ट्रवादी छबि निर्माण गरेका ओलीले छाड्ने कुरै भएन।

भारत भ्रमणअघि नै पार्टी एकता भन्नुको अर्थ पार्टी एकतापछि भारत भ्रमण भन्ने पनि हो। अर्थात् कि २२ अप्रिल पछि भारत भ्रमण वा २३ चैत्रभन्दा अघि पार्टी एकता। तर प्रधानमन्त्री ओलीका निम्ति पहिलो विकल्प धेरै अर्थमा 'सर्प पनि मारिने, लौरो पनि नभाँचिने' साबित हुने छ। परराष्ट्रमन्त्री ज्ञवालीको संकेत पनि त्यतै हुनसक्छ। 

प्रकाशित मिति: आइतबार, चैत ११, २०७४  १३:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नवलपरासीमा १४ लाख ८४ हजारको भन्सार छलीको मदिरा बरामद
जाजरकोटमा बोलेरो जिप दुर्घटना, दुई जनाको मृत्यु, तीन घाइते
मुगु जिल्लाको एक मात्र आवासीय विद्यालयमा छात्रावासको अभावमा पठनपाठनमा समस्या
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
नवलपरासीमा १४ लाख ८४ हजारको भन्सार छलीको मदिरा बरामद बिहीबार, असोज २९, २०८३
जाजरकोटमा बोलेरो जिप दुर्घटना, दुई जनाको मृत्यु, तीन घाइते बिहीबार, असोज २९, २०८३
मुगु जिल्लाको एक मात्र आवासीय विद्यालयमा छात्रावासको अभावमा पठनपाठनमा समस्या बिहीबार, असोज २९, २०८३
यस्तो छ ,आजको लागि विदेशी मुद्राको विनिमयदर बिहीबार, असोज २९, २०८३
लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका केही स्थानमा मध्यमको वर्षाको सम्भावना बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
सुदूरपश्चिमा एमालेका पूर्वमन्त्रीले दिए सांसद पदबाट राजीनामा बुधबार, असोज २८, २०८३
सुनको मूल्यमा लगातार गिरावट, तोलाको कति ? बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनको काभ्रे भ्रमण : पालाञ्चोक भगवतीमा गरे दर्शन बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्