अत्यधिक नुनको सेवनले रक्तचाप बढाउछ । स्वस्थ मानिसले पनि खानामा नुन कम खानुपर्छ । उच्च रक्तचाप भएको बिरामीले नुनको सेवनमा अझ बढी सावधानी अपनाउनुपर्छ ।
नुन कम खानु रक्तचाप कम गर्ने एउटा तरिका त हो, तर नुन मात्रै कम खाएर रक्तचाप नियन्त्रण गर्न खोज्नु बुद्धिमानी पक्कै होइन ।
नुन धेरै नै कम खाएमा रगतमा सोडियमको मात्रा कम भएर मान्छे बेहोस र कहिलकाही ज्यानै पनि जान सक्छ ।
घरमा सामान्य नुन हालेर खाना खान मिल्छ । मुलतः खानामा नुन नथप्ने, न्युन सोडियम भएको नुनको प्रयोग गर्नेजस्ता विधि रक्तचाप नियन्त्रण गर्ने सरल उपाय हुन् ।
नुनको सट्टामा मसला र कागतीको प्रयोग गरेर खानालाई स्वादिष्ट बनाउन मिल्छ ।
पोटासियम बढी भएको खानेकुराले रक्तचाप घटाउछ । त्यसैले हाम्रो दैनिक खानामा पोटासियम बढी भएका खानेकुरा हुनुपर्छ । जस्तैः सुन्तला, कागती, मौसम आदिमा पोटासियम बढी हुन्छ । केरा र अन्य ताजा फलफूलमा पनि पोटासियम बढी पाइन्छ । ताजा फलफूलमा नियमित खानुपर्छ ।
ताजा फलफूलमा पाइने भिटामिन, मिनरल्स् र फाइवरले मुटुलाई स्वस्थ राख्ने मात्रै नभई, रक्तचाप पनि घटाउछ । प्रशस्त हरियो सागसब्जी खानुपर्छ । प्रतिदिन २, ३ पटक हरियो सागसब्जी खानुपर्छ । माछाको प्रयोग फाइदाजनक मानिने भएकाले हप्तामा २ पटक माछा खाँदा राम्रो हुन्छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।